राश्वपाले ताप्लेजुङका वडाको अधिबेशन माघ १५ सम्ममा सक्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङका यही माघ १५ गते भित्रमा जिल्लाका ६१ वटै वडा कमिटीको अधिबेशन गरी नेतृत्व चयन गर्ने भएको छ ।

राश्वपाको जिल्ला कार्य समितिको बैठकले उक्त निर्णय गरेको राश्वपा ताप्लेजुङका उपसभापति दावा शेर्पाले जानकारी दिनुभयो ।

राश्वपा ताप्लेजुङले माघ १५ गतेभित्र वडा अधिबेशन सम्पन्न गरी त्यसको सम्पूर्ण विवरण पेश गर्न तोकिएका वडा संयोजकहरुलाई निर्देशन समेत दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts