नेपाल सम्वत् मौलिक संस्कृतिमा आधारित छ : ताप्लेजुङका सरोकारवाला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १७ । नेपाल सम्वत् मौलिक संस्कृतिसंग जोडिएको भन्दै यसको जर्गेना र उन्नयनमा ध्यान दिनुपर्ने ताप्लेजुङमा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।

नेपाल भाषा तथा सांस्कृतिक समाजले नेपाल सम्वत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रममा यस्तो औंल्याइएको हो । कार्यक्रममा बोल्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले संस्कार र संस्कृतिनै नेपालीका पहिचान रहेको बताउनुभयो । नगर उपप्रमुख भीमादेवी ओझाले संस्कार र संस्कृतिलाई अपहेलना गर्न नहुनेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले संस्कार हराए संस्कृति हराउने भएकोले संस्कार र संस्कृतिको जर्गेनामा सबैको दायित्व स्थापित हुने बताउनुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले नेपालमा जाति,भाषा,धर्म र संस्कृतिमा विविधता भएपनि एउटा संस्कार र संस्कृतिप्रति अर्को संस्कार र संस्कृति मान्ने व्यक्तिले देखाएको सहिष्णुता निरन्तर रहनुपर्नेमा जोड दिनुभयो ।

नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले मौलिक सम्वत् मानिएको नेपाल सम्वत्को नयाँसालसंगै नेपालीहरुबिच कायम रहेको धार्मिक तथा साँस्कृतिक एकताले थप गतिशिल रुपमा निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख रवि रावल,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन,ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू,किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङ्वो,होटल व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष दिनेश खवास,नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका पूर्व अध्यक्षद्धय सुन्दरमोहन शाक्य र निरोज श्रेष्ठ,नेपाल द्व दवु :ताप्लेजुङका अध्यक्ष कुमार श्रेष्ठ सहितको उपस्थिति रहेको थियो ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts