असोज ४ गते देखि कात्तिक १६ सम्म फुङलिङका बजार पसल शुक्रवार पनि खुल्ने

खगेन्द्र अधिकारी
ताप्लेजुुङ,असोज १ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार चाडपर्वलाई लक्षित गरी असोज ४ गते शुक्रवार देखि खुल्ला हुने भएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले यही असोज ४ गते शुक्रवार देखि कात्तिक १६ गते शुक्रवार सम्म फुङलिङका बजार पसल खुल्ला हुने निर्णय गरेको संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक २३ गते शुक्रवार देखि फेरि पूर्ववत रुपमै फुङलिङ बजार प्रत्येक साताको शुक्रवार बन्द हुने छ । दशैं,तिहार,नेपाल सम्वत् छैट लगायतका पर्वको अवसर पारेर सेवाग्राहीलाई किनमेलमा सहज होस् भन्ने उद्देश्यले साप्ताहिक रुपमा बन्द हुने बजार पसल चाडपर्व लक्षित खुल्ला गरिएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले मूल्यसूची सबै ग्राहकले अनिवार्य देख्नेगरी राख्न,अखाद्य तथा उपभोग्य मिति गुज्रिएका सामानको बिक्रीबितरण नगर्न,कृतिम अभाव सृजना नगर्न,पटका,आकाशबाजी,भुँईचम्पा जस्ता बिष्फोटक पदार्थको बिक्री बितरण नगर्न व्यवसायीहरुलाई सचेत समेत गरेको छ ।

 

Similar Posts