ताप्लेजुङको पापुङमा आगलागी,एक घर ध्वस्त

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । ताप्लेजुङमा आगलागीका घटना बढ्दै गएका छन् । आइतवार मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ किलिङस्थित फुपीथाङ्गा निवासी नुपु शेर्पा(लामा नुपु)को दुईतले घर आगलागीले ध्वस्त भएको स्थानीयले बताएका छन् ।

मध्यान्हको समयमा आगलागी भएको बताईएको छ । प्रहरी टोली घटनास्थलतर्फ खटिई गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा प्रहरी निरीक्षक कलमकुमार लुङगेलीले जानकारी दिनुभयो । बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts