ताप्लेजुङको पाथीभरा याङवरकले बैशाख ९ बाट वाडैपिच्छे घुम्ति सेवा शिविर सञ्चालन गर्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले यही बैशाख ९ गतेबाट ५ दिने एकिकृत घुम्ति सेवा शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा अधिकृत लासाङ तामाङका अनुसार सामाजिक सुरक्षा भत्ता बितरण सहित ६० बर्ष माथि उमेर समूहका नागरिकको सामान्य स्वास्थ्य परीक्षण सहितका सेवा बितरण हुनेगरी पालिकाका प्रत्येक वडामा एकिकृत घुम्ति सेवा शिविर सञ्चालन गरिने छ ।

तामाङका अनुसार बैशाख ९ गते आइतवार वडा नं १ नाङखोल्याङमा,१० गते सोमवार वडा नं ३ तिरिङगेमा,११ गते मंगलवार वडा नं ४ डुम्रिसेमा घुम्ति सेवा शिविर सञ्चालन हुने छ । यस्तै १२ गते बुधवार वडा नं ५ चाक्सिबोटेमा र १३ गते बिहीबार वडा नं ६ थुम्बेदिनमा एकिकृत घुम्ति सेवा शिविर सञ्चालन गरिने पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ ।

वडा नं २ थेचम्बुमा भने पालिकाको केन्द्र समेत संगै रहेको र सेवा बितरण केन्द्र समेत त्यही रहेकोले घुम्ति शिविर सञ्चालन गर्न नपर्ने पालिकाको ठम्याई छ । नावालकको हकमा बाहेक सामाजिक सुरक्षा भत्ता लिन लाभग्राही आफैं उपस्थित हुनुपर्ने र ६० बर्ष उमेर समूह माथिका नागरिकले स्वास्थ्य सेवा लिन आउँदा नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने समेत पालिकाको जनाएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र,नेपाली नागरिकताको प्रमाणपत्र तथा अपाङ्गताको हकमा अपाङ्गता परिचयपत्र र नावालकको हकमा जन्मदर्ता र संरक्षकको नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको समेत पालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts