चालू आवको ९ महिने अवधिमा ताप्लेजुङबाट झण्डै ११ करोड हाराहारी राजश्व असुली

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २ । चालू आर्थिक बर्षको ९ महिना पूरा हुँदा ताप्लेजुङबाट करिव ११ करोड रुपैयाँ मात्र राजश्व असुली भएको छ ।
गत आर्थिक बर्ष २०७९।८० मा ताप्लेजुङबाट ३२ करोड रुपैयाँ बढी राजश्व असुली भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहायक लेखापाल नवीन खनालका अनुसार चालू आर्थिक बर्षको चैत मसान्त सम्ममा कोलेनिकामा १० करोड ९९ लाख ४२ हजार ३ सय ९८ रुपैयाँ राजश्व असुली भएको छ । खनालका अनुसार कोलेनिकामार्फत ८ करोड ६७ लाख १९ हजार ८ सय २२ रुपैयाँ राजश्व नै चालू आवको सबैभन्दा मोटो राजश्व रकम हो । रकम निकासा लगि नयाँ आर्थिक बर्ष भन्दा पछि कोलनिकामा आम्दानी बाँध्दा पनि राजश्व असुलीकै शीर्षकमा रकम राख्ने गरिन्छ । निकासा लगेको रकम खर्च नभई असार मसान्त अगावै कार्यालयमा आएमा भने त्यसलाई निकासा फिर्ताको शीर्षकमा राख्ने गरिएको छ ।

कोलेनिकाका अनुसार चालू आवमा जिल्ला प्रशासन कार्यालयबाट १ करोड ४६ लाख ६३ हजार ९ सय रुपैयाँ राजश्व जम्मा भएको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ९ हजार,नापी कार्यालयबाट १ लाख ६२ हजार ३ सय १३ रुपैयाँ,भीमकाली गुल्मबाट ६६ हजार र जिल्ला हुलाक कार्यालयबाट ४ लाख ९३ हजार ५ सय ७४ रुपैयाँ राजश्व जम्मा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयबाट ११ लाख ४४ हजार ३९ रुपैयाँ,शिक्षा विकास तथा समन्वय इकाईबाट २२ लाख ७७ हजार ७ सय ४४ रुपैयाँ,जिल्ला निर्वाचन कार्यालयबाट ८ हजार ९ सय २८ रुपैयाँ,मूलघाट–दोभान–ओलाङचुङगोला सडक योजना कार्यालयबाट १ लाख २० हजार ७ सय ९५ रुपैयाँ राजश्व जम्मा भएको छ ।

यस्तै कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयबाट १७ लाख ७९ हजार ५ सय ८४ रुपैयाँ र ताप्लेजुङ जिल्ला अदालतबाट १५ लाख ९६ हजार ६ सय ९८ रुपैयाँ राजश्व जम्मा भएको कोलेनिकाले जनाएको छ । साविकका बर्षहरुमा झैं सीमा प्रशासन कार्यालय ओलाङचुङगोलाबाट एक रुपैयाँ पनि राजश्व जम्मा भएको छैन । कोरोना संक्रमणयता सीमानाका बन्द छ । ताप्लेजुङमा करदाता सेवा कार्यालय पनि छैन । ताप्लेजुङका सेवाग्राहीले कर सम्वन्धी सेवाका लागि पाँचथरको फिदिम जानुपर्छ । राजश्वको ठूलो रकम पाँचथरस्थित करदाता सेवा कार्यालयमार्फत जम्मा हुने भएकोले यहाँ जम्मा हुने राजश्व रकम कम देखिएको कोलेनिकाले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts