प्रतिवादी पक्राउमा ताप्लेजुङ प्रहरीलाई ठूलो सफलता,चालू आवका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चालू आर्थिक बर्षमा दर्ता भएका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ ।

चालू आवको १० महिना पूरा हुँदा यहाँ भएका घटनामा ७७ जनालाई प्रतिवादी रहेकोमा ६२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ जना प्रतिवादी फरार रहेका छन् । उनीहरुको खोजीकार्य पनि जारी रहेको प्रहरीले जनाएको छ । लुङगेलीका अनुसार चालू आवको चैत मसान्त सम्म जिल्ला प्रहरी कार्यालयमा १ सय २२ वटा मुद्दा दर्ता भएका छन् । तिमध्ये जघन्य प्रकृतिका १० वटा,गम्भिर प्रकृतिका १६ वटा र सामान्य प्रकृतिका १९ वटा मुद्दा रहेका छन् ।

मुलुकी अपराध संहिता ऐन २०७४ मा तीनबर्ष भन्दा बढी दशबर्ष सम्म कैद सजाय हुनसक्ने प्रकृतिका मुद्दालाई गम्भिर प्रकृतिका र जन्मकैद वा दशबर्ष भन्दा बढी कैद सजाय हुन सक्ने कसुरलाई जघन्य प्रकृतिका भनि उल्लेख गरिएको छ । कसुर भन्नाले कानुन बमोजिम हुने सजाय भन्ने बुझिन्छ । ७७ थान मुद्दा भबितव्य ज्यानसंग सम्वन्धित रहेको प्रहरीले जनाएको छ । झुण्डी आत्महत्या,लडी मृत्यु,पानीमा डुबी मृत्यु,बिष सेवन सहितका घटनालाई प्रहरीले भबितव्य ज्यान शीर्षकमा राख्ने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts