|

माछापोखरी हिटी गोल्डकपको फाइनल यात्रामा धरान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ९ । मरिक फुटबल क्लब धरान ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका सञ्चालित माछापोखरी हिटी गोल्डकपको फाइनलमा पुगेको छ । आमन्त्रित माछापोखरी हिटी गोल्डकपमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा जिल्ला फुटबल संघ संखुवासभालाई २–१ गोलअन्तरले पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेको हो ।
फाइनल यात्राका लागि धरानका निरोज परियारले दुवै गोल गर्नुभएको छ । परियारले खेल सुरु भएको पाँचौ र ४३ औं मिनेटमा गोल गर्नुभएको थियो । यता खेलको अन्तिम अर्थात ७९ औं मिनेटमा संखुवासभाका प्रकाश जिसीले सान्तवना गोल गर्नुभयो ।
आयोजक माछापोखरी हिटी क्लबका अनुसार शनिबार हुने दोस्रो सेमिफाइनल भने आठराई गाउँपालिका तेह्रथुम र धनकुटाबीच हुने छ । गोल्डकपको बिजेताले ट्रफीसहित दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । उपविजेताले एकलाख २० हजार नगद पुरस्कार पाउने छ ।
प्रथम पुरस्कारको प्रायोजक आठराई त्रिबेणी गाउँपालिका रहेको छ भने दोस्रो पुरस्कारको प्रयोजक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङले गरेको आयोजकले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts