| |

शेर्पा समुदायका संस्थाद्वारा सरकारको ध्यानाकर्षण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरुले नेपाल पञ्चांग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथिमितिमा गडबढ भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेर्पा जातीय संस्थाहरुले आइतबार प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार गरेको पात्रोमा शेर्पा समुदायको मौलिक चाड ग्याल्पो ल्होसारको मिति गडबढ गरिएको संस्थाहरुले उल्लेख गरेका छन् । ग्याल्पो ल्होसार गत माग २७ गते नै भएको, तर पात्रोअनुसार फागुन २८ गतेका दिन ल्होसारको विदा दिएर गडबढ गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा शेर्पाहरूको महान् चाड २१५१ औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमा नै परेको भए पनि नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फागुन २८ गते ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी बौद्ध मार्गीहरूको चाडपर्वको तिथि नै भ्रममा पारिएको उल्लेख गरिएको छ । जनाइएको छ ।
महायानी बौद्धमार्गीहरूको सम्पूर्ण चाडपर्व भोट चन्द्र पात्रो (दाथो) मा आधारमा हुने भएकाले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मितिअनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता संगठन नेपाल बौद्ध महासंघको प्रतिनिधिलाई सहभागी गराई निर्णय गर्न संस्थाहरुले अनुरोध गरेका छन् ।
ज्ञापनपत्र बुझाउनेमा नेपाल शेर्पा, शेर्पा सञ्चार समूह, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल शेर्पा विद्यार्थी संघ रहेका छन् । शेर्पाजन्य चारवटै संस्थाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको नेपाल सेर्पा संघका जिल्ला सचिव फुर्वा शेर्पाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts