स्थापना दिवसको अवसरमा प्रदेश,जिल्ला र पालिका स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्दै पाथीभरा याङवरक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २१ । सातौं स्थापनाको दिवसको अवसर पारेर ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले प्रदेश,जिल्ला र पालिका स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

पाथीभरा ब्याडन्टिन हलको उद्घाटनसंगै फागुन २७ बाट ३० गते सम्म प्रतियोगिता सञ्चालन हुन लागेको पालिका अध्यक्ष केशरकुमार मेन्याङ्वोले जानकारी दिनुभयो । कोशी प्रदेश स्तरीय मेन्स डबल्स(सिनियर) र भेट्रान्स डबल्स (४५ बर्ष माथि उमेर समूह) प्रतियोगिता हुने भएको छ । मेन्स डबल्स(सिनियर)तर्फका बिजेताले नगद ३० हजार तथा उपबिजेताले नगद २० हजार रुपैयाँ तथा भेट्रान्स डबल्स (४५ बर्ष माथि उमेर समूह)बिजेताले नगद २० हजार र उपबिजेताले नगद १५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

यस्तै जिल्ला स्तरीय कर्मचारी डबल्स,मिक्स डबल्स र मेन्स डबल्स(जुनियर) र जनप्रतिनिधि डबल्स बिधाको प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । जिल्ला स्तरीय कर्मचारी डबल्स टिमका बिजेताले बिजेताले नगद २० हजार रुपैयाँ पुरस्कार पाउँदा उपबिजेताले १५ हजार तथा मिक्स डबल्सका बिजेताले नगद १५ हजार रुपैयाँ र उपबिजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

मेन्स डबल्स(जुनियर) टिमका बिजेताले नगद २० हजार र उपबिजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । जनप्रतिनिधि डबल्स टिमका बिजेताले नगद १५ हजार रुपैयाँ तथा उपबिजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा पालिका स्तरीय मेन्स डबल्स(जुनियर) टिमका बिजेताले नगद ५ हजार तथा उपबिजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts