ताप्लेजुङको साब्लाखुमा आगलागी,एकघर ध्वस्त

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ४ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुमा शुक्रवार दिउँसो भएको आगलागीमा परी एकघर जलेर नष्ट भएको छ ।

दिउँसो १ः५० बजेको समयमा स्थानीय कुमार लिम्बूको घरमा आगलागी भएको थियो । आगलागीबाट केहि बचाउन नसकिएको स्थानीयले जनाएका छन् ।

समृद्ध सिदिङ्वा एकता समाजले आगलागीबाट घर,लत्ताकपडा,अन्नपात सबै जलेको भन्दै पीडितलाई सहयोगका लागि आवह्वान समेत गरेको छ । आगलागी कसरी भयो भन्ने चाँही खुलेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts