| |

भानुजन माध्यमिक विद्यालयको हिरक महोत्सव सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको ७५ औं वार्षिक उत्सव (हिरक महोत्सव) मनाउन सुरु गरिएको छ । जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानुजन मावि स्थापनाको वर्ष पुगेको अवसरमा बुधबारदेखि हिरक महोत्सव मनाउन सुरु गरिएको हो ।
भानु माविको ७५ औं वार्षिक उत्सव (हिरक महोत्सव) को प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईका अनुसार महोत्सवका अवसरमा ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको गीत तथा गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र मिलन नेवारको आवाज रहेको शिरैको सेतो जुहार.. गीति वृत्तचित्रको सार्वजनिक (विमोचन)समेत गरिएको छ । यस्तै पुण्यप्रसाद खरेलले लेख्नुभएको ‘पुण्यप्रसादका कथा’ पुस्तकको पनि विमोचन गरिएको छ ।
हिरक महोत्सवको उद्घाटनमा फुङ्लिङ नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगितासहित साँस्कृतिकलगायत विविध कार्यक्रम सुरु भएको छ । बिहीबार भलिबलसहित नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने छ । फागुन ४ गते शुक्रबार सम्पन्न हिरक महोत्सव कार्यक्रम सम्पन्न हुने छ । उद्घाटनमा प्रतिनिधिसभा सदस्य उर्मिला थेबे, प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो, निर्मला तावा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ, फुङ्लिङ नगरप्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेललगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts