सशस्त्र प्रहरीको २३ औं स्थापना दिवसमा १ नं गुल्मद्धारा उत्कृष्ट प्रहरी कर्मचारी पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ९ । २३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले मंगलवार उत्कृष्ट प्रहरी अधिकृत तथा कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यस्तै सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा आयोजित आन्तरिक फुटबल प्रतियोगिताका बिजेतालाई समेत सम्मान गरिएको छ । सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालका अनुसार उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी निरीक्षक सम्मानित हुनु भएको छ । सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी वल वेस क्याम्प ढुङगेसाँघुका सशस्त्र प्रहरी निरीक्षक भोला खत्री र बेस क्याम्प सिनामका सशस्त्र प्रहरी निरीक्षक धिरज गुरुङ रहनु भएको छ । यस्तै सशस्त्र प्रहरी नायव निरीक्षकद्धय पुरनलाल राजवंशी र चन्द्रबहादुर बेघा तथा सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालुङ्वा,महेन्द्र चौधरी र सुरेन्द्र यक्सो समेत सम्मानित हुनु भएको छ । सशस्त्र प्रहरी कर्मचारी दिनेश रम्तेल महिनाको उत्कृष्ट सशस्त्र कर्मचारीको रुपमा पुरस्कृत हुनु भएको छ ।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले बिभिन्न बिधामा उत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्मान गरेको सप्रनाउ सिलवालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा भीमकाली गुल्मका गुल्मपति सेनानी बरुण दर्शनधारी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,कोष नियन्त्रक गणेशप्रसाद पोखरेल,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कलमकुमार लुङगेली,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापा,बरिष्ठ उपाध्यक्ष दावा शेर्पा,महासचिव कमल लिम्बू,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितको उपस्थिति रहेको थियो ।

तत्कालिन फुङलिङ गाउँ विकास समिति वडा नं ३ स्थित बाल विकास केन्द्रको ४ कोठे भवनबाट स्थापित सशस्त्र प्रहरी वल ताप्लेजुङमा २०६८ साल चैत ३० गते देखि मात्र तैनाथ रहेको छ । अहिले भने सशस्त्र प्रहरीको नाममा २८ रोपनी बढी जग्गामा कार्यालय,क्वाटरगाड,ब्यारेक र मेस गरी १० वटा भवन रहेका छन् भने गुल्म भित्रै पाथीभरा माताको मन्दिर समेत रहेको छ । सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा मातहत सिनाम र ढुङगेसाँघु बेस क्याम्प तथा ओलाङचुङगोलामा बिओपी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts