ताप्लेजुङका अग्नि पीडितलाई युके समाजको सहयोग
उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १ । ताप्लेजुङ समाज युकेले गत चैत १९ गते ताप्लेजुङको फुङ्लिङस्थित ट्याक्सी लाईन क्षेत्रमा भएको आगलागिबाट पीडित परिवारलाई एक–एकथान दराज तथा खाट बितरण गरेको छ । अग्नि पीडित ३० परिवारलाई एक–एकथान दराज तथा खाट बितरण गरिएको ताप्लेजुङ समाज युकेका जिल्ला प्रतिनिधि खगेन्द्र नेपालीले जानकारी दिनुभयो । ताप्लेजुङ निर्वाचन क्षेत्र नं १(क) का प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङले अग्नि पीडित परिवारलाई ति सामग्री हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,उपप्रमुख देवीमाया नेपाली,फुङ्लिङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख वडाध्यक्ष बलबहादुर गुरुङ,फुनपा पडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझा,रेडक्रसका केन्द्रीय तदर्थ समिति सदस्य तथा ताप्लेजुङ सभापति इन्द्रबहादुर गुरुङ,ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेश अधिकारी,पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी,रेडियो तमोरका बसन्त पालुंवा,राससका सन्तोष पुर्कुटी लगायतको उपस्थितिमा यि सामग्री बितरण गरिएको रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर सहित रहनु भएका कार्यक्रम सञ्चालक देवराज गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा अग्नि पीडित मातृकादेवी प्रसाँई केसीले पीडितको मर्म बुझेर सहयोग प्राप्त भईरहेको प्रति आभार प्रकट गर्नुभयो ।