| |

फुलबारीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २२ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्वसाधारणले आफ्नै वडाबाट सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यसहित गाउँपालिकाले फूलबारीमा रमिते सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाको पहलमा सञ्चालनमा ल्याइएको सामुदायिक स्वास्थ्य केन्द्रको पालिका अध्यक्ष दीपेन्द्र पोमुले शनिबार शुभारम्भ (उद्घाटन) गर्नभएको छ । स्वास्थ्य केन्द्रको उद्घाटनसँगै सोही दिनदेखि सर्वसाधारणले सेवा सुरु भएको पनि गाउँपालिकाले जनाएको छ ।
यता सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि सो वडाका आम्बोटे, सिमलबोटे, खड्कुडे, धुसेनी, रमितेलगायत टोलका बासिन्दाले सेवा प्राप्त गरेका गाउँपालिका अध्यक्ष पोमूले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले स्वास्थ्य केन्द्रका लागि एकजना अहेब र एकजना अमनीको व्यवस्था गरेको छ ।
यसैबीच गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमअन्र्तगत शनिबार नै सो वडाका गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री उपलब्ध गराएको छ । पोषिलो खानेकुरा अण्डा, चनालगायत सरसफाइका सामग्रीसमेत रहेको पोषण तथा सरसफाइ ‘प्याकेज’ झोला बितरण गरिएको उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वडामा पनि लक्षित महिलालाई प्याकेज झोला वितरणलाई निरन्तरता दिइने छ ।

Similar Posts