| |

डिभिनज वन कार्यालयद्वारा अग्नि नियन्त्रक सामग्री प्रदान

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, पुस ११ । डिभिजन वन कार्यालय ताप्लेजुङले सेना र प्रहरीलाई अग्निनियन्त्रक सामग्री प्रदान गरेको छ । जिल्लास्थित नेपाली सेनाको भीमकाली गुल्म, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मलाई वन कार्यालयले अग्निनियन्त्रक सामग्री प्रदान गरेको हो ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रमेश्वर पासवानका अनुसार रुख तथा रुखका हाँगा काट्ने विभिन्न पाँच प्रकारका आरा, आगलागी हुँदा पानी छर्ने वाटर ब्याग दुई थानका दरले प्रदान गरिएको छ । यस्तै हेलमेट, गमबुट, बन्चरो, हेर्ड लाइट एक–एक थानका दरले वितरण गरिएको पासवानले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोलिया घिसार्ने लक स्किडर चार थान, गोलिया पल्टाउने रड र छालाको पञ्जा दुई–दुई थान प्रदान गरिएको छ । उक्त अग्निनियन्त्रक सामग्रीहरु जिल्ला वन क्षेत्र समन्वय समिति एवम् जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन र प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले वितरण गर्नुभएको हो । अग्नि नियन्त्रक सामग्री नेपाली सेनका गुल्मपति सेनानी पवन नगरकोटी, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू र सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालले बुझ्नुभएको छ ।
हिउँद मौसमसँगै आगलागीका घटना हुने समय सुरु भएकाले आगलागी नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अग्नि नियन्त्रक सामग्री प्रदान गरिएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहले बताउनुभयो । उहाँकाअनुसार ताप्लेजुङ अध्यधिक आगलागी घटना हुने जिल्लामा पर्दछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts