माओवादी केन्द्र सिदिङ्वामा अमर

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १७ । नेकपा (माओवादी केन्द्र) सिदिङवा गाउँपालिका कमिटीको तेस्रो अधिबेशनले अमरबहादुर इदिङ्गो लिम्बू अध्यक्ष रहेको पालिका स्तरीय कमिटी निर्वाचित चयन गरेको छ ।
लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षत्रयमा गौरीमान लिम्बू, यामबहादुर बानियाँ र अमृता लिम्बू चयन हुनुभयो । यस्तै सचिवमा किरण लिङ्देन,सहसचिवमा सनम थापा र कोषाध्यक्षमा तेन्जित कार्की चयन हुनु भएको नवनिर्वाचित सचिव लिङ्देनले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, कोशी प्रदेश सभा संसदीय दल नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो (मौसम) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो सम्मेलन तथा अधिवेशनमा केन्द्रीय कमिटी र प्रदेश कमिटीका नेताहरू पनि उपस्थित रहेको थियो ।