२०८२ सालका सार्वजनिक बिदाका यि दिनमा समेत हुनेछ प्रशासन कार्यालयबाट सेवा प्रवाह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २०८२ सालको सार्वजनिक बिदाका १७ दिनमा समेत कार्यालयको सेवा प्रवाह हुनेगरी सूची सार्वजनिक गरेको छ ।
कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार सार्वजनिक बिदाका दिन समेत कार्यालयबाट प्रवाह हुने छ । खड्काका अनुसार बैशाख २९ गते चण्डी पूर्णिमा(बैशाख पूर्णिमा वा बुद्धजयन्तीका दिन,जेठ १५ गते गणतन्त्र दिवसका दिन,भदौ १० गते हरितालिका तीजका दिन र असोज ६ गते घटनास्थापना दिनमा समेत जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रदान हुने छ ।
मंसिर १८ गते किराँत समुदायको अधौली पर्व,योमरी पुन्ही र ज्यापु दिवसका दिन,पुस १० गते क्रिसमस डे का दिन,पुस १५ गते तमू ल्होसारका दिन,पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन र माघ १ गते माघे संक्रान्ती वा माघी पर्वका दिन समेत कार्यालयबाट सेवा प्रदान हुने खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार माघ ५ गते सोनम ल्होसारका दिन,माघ १६ गते शहीद दिवसका दिन,फागुन ३ गते महाशिवरात्रीका दिन,फागुन ६ गते ग्याल्पो ल्होसारका दिन,फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसका दिन,फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमिक दिवसका दिन र इस्लाम धर्मावलम्वीहरुको पर्व इद(इदुल फित्र) र बकर इद(इद उल अजहा)का दिन समेत दिन समेत कार्यालयबाट सेवा प्रवाह हुने छ ।