| |

साँबामा वाइसीएलको वडा कमिटी चयन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १३ । मिक्वाखोला गाउँपालिका–४ साँबामा योङ कम्युनिस्ट लीग नेपाल (वाइसीएल) को वडा कमिटी गठन भएको छ । शनिबार सम्पन्न प्रथम वडा सम्मेलनले अशोक साँवा अध्यक्ष रहेको वाइसीएलको २१ सदस्यीय वडाकमिटी चयन गरेको हो ।
नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको वाइसीएलको वडा कमिटी सर्वसम्मत चयन गरेको जनाइएको छ । वडा कमिटीको उपाध्यक्ष द्वयमा अमर थलङ र बिक्रम साँवा, सचिवमा नयन लिबाङ, सह–सचिवहरुमा सुमन साँवा, दिलकुमार साँवा, दाफुरी शेर्पा, मणिकुमार थलङ र कोषाध्यक्षमा सुरेश थलङ चयन हुनुभएको छ ।
साँबाको वाइसीएल सम्मेलन नेकपा (माओवादी केन्द्र) जिल्ला सचिव सागरमणि गौतम, प्रदेश समिति सदस्य सुरज ओझा, मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष डण्डु लामा, इन्चार्ज उजाड लिम्बू, वाइसीएलका जिल्ला अध्यक्ष कैलास माबो लगायतको उपस्थितिमा सम्पन्न भएको हो । साँबा र खोक्लिङमा काँग्रेस र एमाले परित्याग गरेर दर्जनौ कार्यकर्ता माओवादीमा प्रवेश गरेका पनि वाइसीएल जिल्ला अध्यक्ष माबोले जानकारी दिनुभयो ।
हाल माओवादी केन्द्रले गत भदौ १५ देखि सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत जिल्लाभर पार्टी, वाइसीएल, महिला, विद्यार्थीलगायत विभिन्न जनवर्गीय संगठनहरुको भेला साथै सम्मेलनहरु गरी कमिटी चयन तथा पुनर्गठन गर्दै आएको छ । त्यस्तै बैठक तथा प्रशिक्षण लगायतका गतिविधिहरु पनि सञ्चालन गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts