एमालेको प्रदेश अधिबेशनका लागि ताप्लेजुङबाट छानिए ५० प्रतिनिधि

ताप्लेजुङ,असोज ७ । नेकपा एमालेको कोशी प्रदेश अधिबेशनका लागि ताप्लेजुङबाट ५० जना प्रतिनिधि चयन भएका छन् ।

नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख दीपेन्द्र पोमू(दीपेन)का अनुसार फुङलिङ नगरपालिकाबाट ९ जना,मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाबाट ४–४ जना र फक्ताङ्लुङ गाउँपालिकाबाट ३ जना प्रतिनिधि चयन भएका हुन् । यस्तै सिरिजङ्गा गाउँपालिकाबाट ७ जना,आठराई त्रिबेणी गाउँपालिका,मेरिङदेन गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाट ५–५ जना चयन भएका छन् ।

यस्तै सिदिङ्वा गाउँपालिकाबाट ६ जना प्रतिनिधि चयन भएका छन् । दलित प्रतिनिधितर्फ १ महिला र १ पुरुष चयन भएका छन् । पार्टी सदस्य संख्याका आधारमा प्रतिनिधि चयन हुने व्यवस्था थियो । प्रतिनिधि छान्दा कूल प्रतिनिधिको कम्तिमा ३३ प्रतिशत प्रतिनिधि महिला अनिवार्य छान्नुपर्ने व्यवस्था रहेको थियो । सबै प्रतिनिधि सर्वसम्मत रुपमा छानिएको एमाले ताप्लेजुङले जनाएको छ ।

 

Similar Posts