|

आइतबार ८१८ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, भदौ ७ ।
आइतबार देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टाको विवरण प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप भएको संख्यासँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिनुभयो ।
गौतमका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ ।
हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् । यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म मृतकको कुल संख्या १४९ पुगेको छ ।
प्रदेश १ मा ७० जना नयाँ संक्रमित थप
प्रदेश १ मा भने आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार थप २७ महिला र ४३ पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएकोेमा १८ महिला र २४ पुरुष छन् ।
मोरङको बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कन्काईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषसहित सुनसरीको इटहरीका १ महिला र ८ पुरुष तथा धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
थप नयाँ संख्यासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ । यता प्रदेशबाट आइतबार कोरोनामुक्त भई २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा कोरोनमुक्त हुनेको संख्या १ हजार २६७ पुगेको छ ।
प्रदेशमा शनिबार ८ सय ५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको पनि प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts