गोर्खा वेल्फेयर ट्रष्टद्धारा ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई राहत सामाग्री प्रदान

ताप्लेजुङ,साउन ७ । गोर्खा वेल्फेयर ट्रष्टको प्रदेश कार्यालय धरानले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ७९ पहिरो पीडित तथा प्रभावित घर परिवारलाई राहत सामग्री बितरण गरेको छ ।

गाउँपालिकाको समन्वयमा पालिकाको वडा नं ३ र ४ साँघुका पहिरो प्रभावित ओदक टोलका ६१ र ताम्राङ टोलका १८ गरी ७९ घरधुरीका लागि राहत सामाग्री प्रदान गरिएको गोर्खा वेल्फेयर ट्रष्टको प्रदेश कार्यालय धरानका प्रमुख कृष्णमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार १८ सेट सोलार प्यानल,७९ सेट बन्दोबस्तिका सामाग्री,७९ सेट सरसफाईका सामाग्री तथा ७९ सेट आत्मसम्मान अर्थात् स्वच्छताका सामाग्री पहिरो पीडित तथा प्रभावितलाई बितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले स्थानीय बिपद् व्यवस्थापन समितिसंगको प्रत्यक्ष सहकार्य र समन्वयमा पहिरो प्रभावित बासिन्दाका लागि गोर्खा वेल्फेयर ट्रष्टकोतर्फबाट प्राप्त भएको सहयोगप्रति आभार व्यक्त गर्नु भएको छ । गाउँपालिकाले बस्नै नसक्ने गरी जोखिममा रहेका ओदक बस्तिका ६१ घरपरिवारलाई अस्थायी एकिकृत आवास केन्द्र निर्माण गरी सुरक्षित स्थानान्तरण गर्ने कार्य सुरु गरेको छ ।

Similar Posts