‘ट्राफिक सप्ताह’ चलिरहेका बेला सुरु भयो लागुऔषध जाँच अभियान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २४ । ‘ट्राफिक सप्ताह’ चलिरहेका बेला प्रहरीले मादक पदार्थ र लागुऔषध जाँच पनि सुरु गरेको छ । सवारी दुर्घटनाको संख्या र लागुऔषध प्रयोग घटाउन प्रहरीले यस्तो अभियान थालेको बताएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयोजनमा आइतवार फुङलिङमा सवारी चालकको लागुऔषध प्रयोग परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)गोपाल भुजेलले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले प्रदेशभर सवारी चालकको मादक पदार्थ र लागुऔषध प्रयोग गरे÷नगरेको जाँच्ने कार्यक्रम ल्याएका बेला ताप्लेजुङमा पनि यो जाँच केन्द्रित गरिएको प्रहरीले बताएको छ । चालकले लागुऔषध प्रयोग गरे÷नगरेको परीक्षण गर्न एक प्रकारको ‘¥यापिड टेस्ट कीट’ प्रयोग गरिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले जानकारी दिनुभयो । ‘शंका लाग्नेबित्तिकै चालकको पिसाब यो कीटमा हालेर जाँच गरिन्छ,’ उहाँले भन्नुभयो, ‘यसरी जाँच गर्दा उसले लागुऔषध प्रयोग गरे÷नगरेको तुरुन्तै थाहा हुन्छ ।’

यसअघिसम्म मादक पदार्थ प्रयोग गरे÷नगरेको जाँच गर्न ‘ब्रेथलाइजर’ प्रयोग गरिन्थ्यो । तर, प्रहरीका अनुसार चालकले लागुपदार्थ प्रयोग गरेको प्रमाणित गर्ने आधार थिएन । यो परीक्षणबाट लागु पदार्थ प्रयोगको शंका लागेका चालकबाट नमुना लिएर परीक्षण गरी तत्कालै थाहा पाउन सकिने भएको छ । नमूनाको रुपमा गरिएको परीक्षणको सुभारम्भका बेला सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापा,प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई,प्रहरी निरीक्षक सुजन मुदेल सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts