बजेट तथा नीति कार्यक्रमका लागि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले माग्यो सुझाव

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले नीति,कार्यक्रम तथा बजेटमा समेट्नुपर्ने बिषयमाका बारेमा सुझाव मागेको छ । पालिकाको सन्तुलित विकास,सार्वजनिक सेवा प्रवाह,गरिवी निवारण र आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा आवश्यकता र मागमा आधारित रहेर सुझाव दिन जेठ १५ गते भित्र सुझाव दिन गाउँपालिकाले सार्वजनिक आवह्वान गरेको छ ।

गाउँपालिका उपाध्यक्ष डाक्टर चित्र मावोले मंगलवार सुझावका लागि सार्वजनिक आवह्वान गर्दै रचनात्मक र सान्र्दभिक सुझाव दिन आग्रह गर्नु भएको छ । सो अवधिमा गाउँपालिकाको कार्यालय,पालिकाका ८ वटै वडा कार्यालय(सिनाम,आम्बेगुदिन,सिकैचा,तेल्लोक,पेदाङ,मामाङ्खे,खेवाङका वडा कार्यालय) र पालिकाको इमेल ठेगाना info@sirijanghamun.gov.np मा समेत सुझाव दिन सकिने गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts