| | | |

ताप्लेजुङमा औद्योगिक कृषि मेला तथा अर्गानिक महोत्सव सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २१ । ताप्लेजुङमा मंगलबारदेखि दोस्रो ताप्लेजुङ औद्योगिक, कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव २०७९ सुरु भएको छ । उद्यम व्यवसाय तथा घरेलु उत्पादनको प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यसहित पाँच दिने औद्योगिक मेला सुरु भएको हो ।
जिल्लास्थित नेपाल घरेलु तथा साना उद्योग महासंघको मुख्य आयोजनामा सदरमुकाम फुङ्लिङमा मेला तथा महोत्सव सुरु भएको हो । महोत्सवको तत्कालीन प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री हाङ्गामले घरेलुको प्रवद्र्धनसँगै बजारीकरणमा टेवा पुग्ने बताउनुभयो । घरेलु उत्पादनको प्रवद्र्धन र बजार व्यवस्थाले संलग्न उद्यमी व्यवसायीलाई राहत पुग्ने उहाँको भनाइ थियो ।
मेलामा प्रदेशभरका जिल्लाबाट उत्कृष्ट घरेलु उत्पादनका सामग्रीका साथै उद्यमीले आफ्नो उत्पादनहरु ल्याएर प्रदर्शनीमा राखेका आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । यस्तै घरेलु उद्योगको प्रवर्द्धन, मौलिक तथा सांस्कृतिक परम्परा र खानपान, उत्पादनको बजारीकरण गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा राखिएको अध्यक्ष भारतीले बताउनुभयो ।
घरेलु उत्पादनको प्रदर्शनीसँगै अन्तर्राष्ट्रिय कञ्चनजङ्घा फोटो प्रदर्शनले जिल्लामा अवस्थित कञ्चनजंघाको प्रचारप्रसारमा टेवा पुग्ने विश्वाससमेत राखिएको महासंघका सचिव हर्कराज गुरुङले बताउनुभयो । पाँच दिनसम्म सञ्चालन हुने मेला तथा महोत्सवमा केन्द्रीय उत्पादन झल्काउने विभिन्न पाँच प्रकृतिका उत्पादन र प्रदेशका १४ वटै जिल्लाबाट आ–आफ्नो विशेषताअनुसारको कम्तिमा एक–एक वटा उत्पादनहरुको राखिएको उहाँले जानकारी दिनुभयो ।
यता परम्परागत पेशा व्यवसायको प्रत्यक्ष अवलोकन, मौलिक खाद्य महोत्सव, ताप्लेजुङका पर्यटकीय गन्तव्यको जानकारी, कृषि, पशु, वन तथा जडीबुटीजन्य उत्पादनको प्रदर्शनी राखिएका छन् । त्यस्तै पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेर विविध साहित्यिक, साँस्कृतिक, खेलकुद गतिविधिसमेत हुने आयोजनकले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts