| |

पाथीभरा क्याम्पसमा अनेरा स्ववियु र समाजवादी विद्यार्थीद्वारा तालाबन्दी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २ । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै स्वबियु निर्वाचन हुने ताप्लेजुङको एकमात्र पाथीभरा बहुमुखी क्याम्पसमा दुई बिद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । नयाँ निर्वाचन अधिकृतको नियुक्ती र प्रकाशित अन्तिम मतदाता नामावलीबारे प्रश्न उठाउँदै एमालेनिकट बिद्यार्थी संगठन अनेरास्वबियु र जनता समाजवादी पार्टी निकट बिद्यार्थी संगठन समाजवादी बिद्यार्थी युनियनले स्ववियु निर्वाचन स्थगनको माग गर्दै तालाबन्दी गरेका गरेका हुन् ।
अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष पब्लिक गुरुङ र समाजवादी बिद्यार्थी युनियनका अध्यक्ष किशोर आङ्बुहाङले हस्ताक्षर गरी निर्वाचन समितिलाई पेश गरेको निवेदनमा उल्लेखित दुई कारणले निर्वाचनको निस्पक्षता नहुने दावी गरिएको छ । दुई बिद्यार्थी संगठनले अन्तिम मतदाता नामावली प्रकाशित गर्दा बिद्यार्थीको नाम, बिद्यार्थीको अभिभावकको नाम र ठेगाना प्रष्ट नभएको आरोप लगाएका छन् ।
यस्तै बिद्यार्थीको परिचय पत्रको क्युआर स्क्यानिङ गर्दा अरु विवरण नदखिने र खाली नाम मात्र देखिने बिषयले मतदाता स्पष्ट नभएको दावी गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts