ताप्लेजुङमै शिक्षकका लागि सेवाकालिन तालिम, शिक्षक तालिम केन्द्र भन्छ‘यो अवसर भाग्यमानीले मात्र पाउँछ’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २३ । ताप्लेजुङको फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका १२ बिद्यालयका २० जना शिक्षकलाई पेशागत विकास सम्वन्धी सेवाकालिन (टिपिडी)तालिम दिन सुरु गरिएको छ ।
शिक्षक तालिम केन्द्र इनरुवा सुनसरीका शाखा अधिकृत रेवन्त बस्नेतका अनुसार पेशागत विकास सम्वन्धी नतिजा सहितको प्रमाणपत्र प्राप्त नभए सम्म शिक्षकको व्यक्तिगत फायल खडा हुदैन । १० दिन सेवाकालिन तालिमको प्रत्यक्ष प्रशिक्षण र ५ दिन सम्वन्धित बिद्यालयमा गई तालिम सिकाईको अभ्यासमूलक कार्यको योगफलका आधारमा मूल्याङकन गरी प्रमाणपत्र दिने गरी तालिम सुरु भएको हो । तालिम सकिएको ४५ दिन भित्र परियोजना कार्य सम्पन्न गरी प्रतिबेदन पेश भएपछि नतिजा प्रकाशन गरिने बस्नतेले जानकारी दिनुभयो । हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले तालिमको आयोजना गरेको हो । रिडको कार्यक्षेत्र फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबु,वडा नं ५ तापेथोक,वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामाङ्खे,७ खेवाङ र ८ याम्फुदिन हो । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले सिरिजङ्गाका ३ तथा फक्ताङलुङका ९ गरी १२ आधारभूत बिद्यालयका शिक्षक तालिममा सहभागी भएको जानकारी दिनुभयो । रिडले यि दुबै गाउँपालिका सहित शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङसंग समन्वय गरेको छ । कोशी प्रदेशको शिक्षक तालिम केन्द्र इनरुवाले आफ्नै क्षेत्रमा सेवाकालिन तालिम लिन पाउनु ताप्लेजुङका शिक्षकका लागि भाग्यको बिषय भएको बताएको छ ।
शाखा अधिकृत बस्नेतका अनुसार यस्तो प्रकृतिको तालिम लिन सजिलो छैन । कोशी प्रदेशमा बर्षभरीमा आधारभूत तहका बढीमा १ सय जना शिक्षकका लागि यस्तो तालिमको कोटा भएको र त्योपनि ताप्लेजुङ सहितका हिमाली तथा पहाडी जिल्लाहरुमा आयोजना हुन कठिनाई भएको बेला रिड नेपालले तालिम आयोजना गरेर स्थानीयलाई मौका दिएको भन्दै उहाँले रिडको कार्यशैलीको प्रशंसा गर्नुभयो । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार नेपाल सरकार र रिड नेपालकाबीचमा सन् २०१४ मा सम्झौता भएको छ । सम्झौता अनुसार सम्वन्धित प्रदेशको शिक्षक तालिम केन्द्रको सहकार्यमा रिडले प्रदान गर्ने यस्तो तालिमको समग्र मूल्याङ्कनका आधारमा नतिजा सहितको प्रमाणपत्र दिने, यस्तो प्रमाणपत्र सरकारी निकायले प्रमाणीकरण गर्ने र त्यस्तो प्रमाणपत्र सरकारी निकायले जारी गरे सरह हुने छ ।
शिक्षक तालिम केन्द्रका शाखा अधिकृत बस्नेतका अनुसार तालिम समयमा गरेको लगनशिलता,कक्षा कोठामा गरेको अभ्यासमुलक कार्य र परियोजना अवधिमा गरेको मेहनेतका आधारमा तालिमका सहभागीको मूल्याङ्कन गरिन्छ । यि सबै नतिजामा प्रथम श्रेणीमा उत्र्तीण हुनेले ३ अंक,द्धितीय श्रेणीमा उत्र्तीण हुनेले २ तथा तृतीय श्रेणीमा उत्र्तीण हुनेले १ अंक पाउने छन् । तालिममा सहभागी अनुर्तीण पनि हुन्छन् । अघिल्लो आर्थिक बर्षमा ५७ जनालाई तालिम दिएकोमा तालिमका सहभागीमध्ये एकतिहाई अर्थात् १९ जनाले मात्र प्रमाणीकरण सहितको प्रमाणपत्र प्राप्त गरेको रिड नेपालले जनाएको छ । रिड नेपालमार्फत अहिले सम्म ताप्लेजुङका ८५ जनाले यस्तो प्रकृतिको तालिम पाएको रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तले बताउनुभयो । रिड नेपाल ताप्लेजुङमा सन् २००६ देखि कार्यरत रहेको छ । रिड नेपालका दुर्गम हिमाली र पहाडी जिल्लाको शिक्षा क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्था हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts