बिद्यार्थीलाई बित्तीय साक्षरता दिदैं सनराईज बैंकको फुङलिङ शाखाले मनायो ‘ग्लोबल मनी विक’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ८ ।‘ग्लोबल मनी विक’को अवसरमा ताप्लेजुङको फुङलिङस्थित सनराईज बैंकले बुधवार सदरमुकामको भानुजन माध्यमिक बिद्यालयका बिद्यार्थीलाई बित्तीय साक्षरता सम्वन्धी अनुशिक्षण गराएको छ ।
सो बिद्यालयका करिव १ सय ५० बिद्यार्थीको उपस्थितिमा बित्तीय साक्षरता सम्वन्धी अनुशिक्षण गराईएको सनराईज बैंकको फुङलिङ शाखाका प्रवन्धक अनिल श्रेष्ठले जानकारी दिनुभयो । अनुशिक्षणमा कक्षा ११ र १२ का बिद्यार्थी सहभागी भएको श्रेष्ठले बताउनुभयो । ‘plan your money, plant your future’भन्ने नाराका साथ हरेक बर्षको मार्च महिनामा साताब्यापी ‘ग्लोबल मनी विक’मनाउने गरिएको छ । यसबर्ष ग्लोबल मनी विक’को ११ औं संस्करण हो । बैंकिङ,पुँजी बजार,बीमा जस्ता बित्तीय क्षेत्र बारे जानकारी लिन र आफुले प्राप्त गरेको ज्ञान सीप आफ्नो परिवार र समाजमा प्रवाह गर्न युवापुस्तालाई अनुशिक्षण गराईएको सनराईज बैंकले जनाएको छ । युवा बिद्यार्थीमा बित्तीय साक्षरताको प्रवद्र्धन र बित्तीय पहुँच बिस्तारसंगै स्वराजगारको सृजनाका आधार,उद्यमशीलताको विकास,आयस्तर अभिबृद्धि सहितका बिषयलाई जागरण गराउन अभियान सञ्चालन गरिएको बैंकका शाखा प्रवन्धक श्रेष्ठले बताउनुभयो ।