| |

सर्वदलीय बैठक आह्वान

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै आज दिउँसो सर्वदलीय बैठक बोलाउनु भएको छ । सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो । ‘समासामीयक राजनीतिक विषय र मुलुकको पछिल्लो अवस्थाबारे जानकारीका लागि प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाउनुभएको हो’, अर्थमन्त्री विष्णु पौडेलले भन्नुभयो, ‘उहाँले राजनीतिक दलसँग परामर्श गरिरहनुहुन्छ, यो त्यसैको निरन्तरता हो ।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान ११ बजेका लागि बैठक डाकिएको जानकारी दिनुभयो । देशका विभन्न भागमा पूर्वराजाको समर्थनमा जुलुस निस्कन थालेका छन् । पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा नाराबाजी भइरहेको छ। यस्तो गतिविधिलाई सरकारले नै संरक्षण गरेको आरोप सत्तारुढ दल नेकपाभित्रैबाट लागेको छ । नेकपा स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक राखेर यस विषयमा छलफल गर्नुपर्ने बताउनु भएको थियो । आइबारको बैठकमा दाहालले गणतन्त्रभन्दा ठूलो अर्को कुनै विषय नभएकाले त्यसका लागि आफूले जस्तोसुकै अवस्थामा त्याग गर्न तयार रहेको समेत बताउनु भएको थियो । कार्यकारी अध्यक्षबाट यस्तो धारणा आएपछि नेकपामा एक प्रकारको तरंग जन्मेको छ । स्थायी कमिटी बैठकको सुरुमै जनार्दन शर्माले राजसंस्था र हिन्दु राज्यको माग गर्दै मुलुकभर भएको प्रदर्शनमा सरकारको संरक्षण रहेको छ कि भन्दै प्रश्न गर्नु भएको थियो । उहाँले यससम्बन्धमा छलफल गर्न विशेष प्रस्तावसमेत दर्ता गराउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts