मिक्वाखोलामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २६ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा बुधबारदेखि अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मिक्वाखोला गाउँपाकिा–१ खोक्लिङथित मोती माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल लगायतका खेल विधा समावेश गरिएका छन् । प्रतियोगिताको उद्घाटन भने जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाले संयुक्त रुपमा गर्नुभएको थियो ।
प्रतियोगितामा गाउँपालिकाअन्तर्गतका मोती माध्यमिक विद्यालय, पञ्चेश्वरी माध्यमिक विद्यालय, साँबा माध्यमिक विद्यालय र बाल्देन माध्यमिक विद्यालय गरी चारवटा विद्यालयले सहभागिता जनाएका गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।