| |

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो, एमाले दोस्रो

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, मंसिर १९ । सोमबार दोलखाको अन्तिम मतपरिणाम आएसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।
नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एकरएक स्थानमा विजयी भएका छन् । प्रतिनिधिसभामा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
आयोगको पछिल्लो तथ्याङक अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ ।

नेपाली कांग्रेसका निर्वाचित सांसद

१) मुस्ताङ – योगेश गौचन
२) मनाङ – टेकबहादुर गुरुङ
३) काठमाडौं–१ – प्रकाशमान सिंह
४) काठमाडौं–३ – सन्तोष चालिसे,
५) काठमाडौं–४ – गगनकुमार थापा
६) काठमाडौं–५ – प्रदीप पौडेल
७ रसुवा – मोहन आचार्य
८) ललितपुर–१ – उदयशमशेर जबरा
९) तनहुँ–२ – शंकर भण्डारी
१०) डडेलधुरा – शेरबहादुर देउवा
११) काठमाडौं–१० – राजेन्द्र कुमार केसी
१२) पर्सा–४ – रमेशकुमार रिजाल
१३) सुर्खेत–२ – हृदयराम थानी
१४) ओखलढुंगा – रामहरि खतिवडा
१५) झापा–१ – विश्वप्रकाश शर्मा
१६) पर्सा–१ – अजयकुमार चौरसिया
१७) गोरखा–१ – राजेन्द्र बजगाईं
१८) म्याग्दी – खमबहादुर गर्बुजा
१९) अछाम–२ – पुष्पबहादुर शाह
२०) कैलाली–४ – वीरबहादुर बलायर
२१। दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२) कञ्चनपुर–३ – रमेश लेखक
२३) भक्तपुर–२ – दुर्लभ थापा क्षेत्री
२४) दैलेख–२ – दिक्पालकुमार शाही
२५) कञ्चनपुर–२ – एनपी साउद
२६) तनहुँ–१ – रामचन्द्र पौडेल
२७) बाँके–३ – किशोरसिंह राठौर
२८) नवलपुर–१ – शशांक कोइराला
२९) धादिङ–२ – रामनाथ अधिकारी
३०) रौतहट–४ – देवप्रसाद तिमल्सिना
३१) सिन्धुली–१ – श्यामकुमार घिमिरे
३२) सप्तरी–३ – दिनेशकुमार यादव
३३) नवलपुर–२ – विष्णुकुमार कार्की
३४) सुर्खेत–१ – पूर्णबहादुर खड्का
३५) बर्दिया–२ – सञ्जय गौतम
३६) दाङ–३ – दीपक गिरी
३७) नवलपरासी–१ – विनोद चौधरी
३८) सिन्धुपाल्चोक–२ – मोहन बस्नेत
३९) धनुषा–२ – रामकृष्ण यादव
४०) स्याङ्जा–१ – राजु थापा
४१) गुल्मी–१ – चन्द्र भण्डारी
४२) मोरङ–६ – डा. शेखर कोइराला
४३) मोरङ–३ – डा. सुनील शर्मा
४४) कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
४५) संखुवासभा – दीपक खड्का
४६) तेह्रथुम – सीता गुरुङ
४७) कैलाली–५ – डिल्लीराम पन्त
४८) सप्तरी–४ – तेजुलाल चौधरी
४९) नुवाकोट–२ – अजुर्ननरसिंह केसी
५०) मुगु – ऐनबहादुर शाही
५१) मोरङ–१ – डिगबहादुर लिम्बू
५२) रामेछाप – पूर्णबहादुर तामाङ
५३) महोत्तरी–४ – महेन्द्रकुमार राय
५४) उदयपुर–१ – डा. नारायण खड्का
५५) सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
५६) स्याङ्जा–२ – धनराज गुरुङ
५७) बाजुरा – बद्रीप्रसाद पाण्डे

नेकपा (एमाले) का निर्वाचित सांसद

१) उदयपुर–२ – अम्बरबहादुर रायमाझी
२) काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ
३) ललितपुर–२ – प्रेमबहादुर महर्जन
४) गुल्मी–२ – गोकर्ण विष्ट
५) झापा–२ – देवराज घिमिरे
६) झापा–५ – केपी शर्मा ओली
७) ताप्लेजुङ – योगेश भट्टराई
८) पर्सा–३ – राजकुमार गुप्ता
९) अर्घाखाँची – टोपबहादुर रायमाझी
१०) प्युठान – सूर्य थापा
११) मकवानपुर–२ – महेशकुमार बर्तौला
१२) कास्की–२ – विद्या भट्टराई
१३) पर्वत – पदम गिरी
१४) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५) रुपन्देही–५ – बासुदेव घिमिरे
१६) सोलुखुम्बु – मानवीर राई
१७) धनकुटा – राजेन्द्र राई
१८) झापा–४ – एलपी साँवा लिम्बू
१९) सिरहा–१ – रामशंकर यादव
२०) बाँके–१ – सूर्यप्रसाद ढकाल
२१) बैतडी – दामोदर भण्डारी
२२) कपिलवस्तु–१ – बलराम अधिकारी
२३) कञ्चनपुर–१ – तारा लामा तामाङ
२४) पाँचथर – वसन्तकुमार नेम्वाङ
२५) कास्की–३ – दामोदर पौडेल
२६) सर्लाही–३ – हरिप्रसाद उप्रेती
२७) मोरङ–२ – ऋषिकेश पोखरेल
२८) कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता
२९) रुपन्देही–१ – छविलाल विश्वकर्मा
३०) रुपन्देही–२ – विष्णु पौडेल
३१) पाल्पा–१ – नारायण आचार्य
३२) कास्की–१ – मनबहादुर गुरुङ
३३) काभ्रे–२ – गोकुल बाँस्कोटा
३४) बारा–३ – ज्वालाकुमारी शाह
३५) बारा–१ – अच्युत मैनाली
३६) पाल्पा–२ – ठाकुर गैरे
३७) सिरहा–३ – लीलानाथ श्रेष्ठ
३८) धनुषा–३ – जुलीकुमारी महतो
३९) सुनसरी–२ – भीम आचार्य
४०) इलाम–२ – सुवास नेम्वाङ
४१) महोत्तरी–१ – लक्ष्मी महतो
४२) इलाम–१ – महेश बस्नेत
४३) धनुषा–४ – रघुवीर महासेठ
४४) सुनसरी–३ – भगवती चौधरी

नेकपा (माओवादी केन्द्र) का निर्वाचित सांसद

१) सिन्धुली–२ – लेखनाथ दाहाल
२) सिन्धुपाल्चोक–१ – माधव सापकोटा
३) बागलुङ–२ – देवेन्द्र पौडेल
४) रोल्पा – वर्षमान पुन
५) रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६) जाजरकोट – शक्तिबहादुर बस्नेत
७) गोरखा–२ – पुष्पकमल दाहाल (प्रचण्ड)
८) दाङ–२ – रेखा शर्मा
९) रुकुम पश्चिम – जनार्दन शर्मा
१०) खोटाङ – रामकुमार राई
११) भोजपुर – सुदन किराँती
१२) मोरङ–४ – अमनलाल मोदी
१३) हुम्ला – छिरिङ डम्डुल लामा
१४) नुवाकोट–१ – हितबहादुर तामाङ
१५) कालिकोट – महेन्द्रबहादुर शाही
१६) काभ्रे–१ – सूर्यमान तामाङ
१७) सर्लाही–२ – महिन्द्र राय यादव
१८) दोलखा– गंगा कार्की

नेकपा (एकीकृत समाजवादी) का निर्वाचित सांसद

१) अछाम–१ – शेरबहादुर कुँवर
२) बारा–४ – कृष्णकुमार श्रेष्ठ
३) दैलेख–१ – अमरबहादुर थापा
४) सल्यान – प्रकाश ज्वाला
५) डोटी – प्रेमबहादुर आले
६) बझाङ – भानुभक्त जोशी
७) रौतहट–१ – माधवकुमार नेपाल
८) डोल्पा – धनबहादुर बुढा
९) धादिङ–१ – राजेन्द्र पाण्डे
१०) दाङ–१ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित सांसद

१) काठमाडौं–७ – गणेश पराजुली
२) काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
३) काठमाडौं–२ – सोबिता गौतम
४) काठमाडौं–६ – शिशिर खनाल
५) ललितपुर–३ – तोसिमा कार्की
६) चितवन–२ – रवि लामिछाने
७) चितवन–१ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित सांसद

१) बाँके–२ – धवलशमशेर जबरा
२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३) मकवानपुर–१ – दीपकबहादुर सिंह
४) झापा–३ – राजेन्द्र लिङ्देन
५) चितवन–३ – विक्रम पाण्डे
६) नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान
७) रुपन्देही–३ – दीपक बोहोरा

जनता समाजवादी पार्टीका निर्वाचित सांसद

१) पर्सा–१ – प्रदीप यादव
२) सप्तरी–१ – नवलकिशोर साह
३) सिरहा–४ – वीरेन्द्रप्रसाद महतो
४) सिरहा–२ – राजकिशोर यादव
५) बारा–२ – रामसहायप्रसाद यादव
६) धनुषा–१ – दीपक कार्की
७) सुनसरी–१ – अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टीका निर्वाचित सांसद

१) रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल
२) सर्लाही–१ – रामप्रकाश चौधरी
३) महोत्तरी–२ – शरतसिंह भण्डारी
४) महोत्तरी–३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसद

१) कैलाली–३ – गंगाराम चौधरी
२) कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी
३) कैलाली–२ – अरुणकुमार चौधरी

जनमत पार्टीका निर्वाचित सांसद

१) सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत

राष्ट्रिय जनमोर्चा पार्टीका निर्वाचित सांसद

१) बागलुङ–१ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टीका निर्वाचित सांसद

१) भक्तपुर–१ – प्रेम सुवाल

स्वतन्त्रबाट निर्वाचित सांसद

१) बर्दिया–२ – लालवीर चौधरी
२) सर्लाही–४ – अमरेशकुमार सिंह
३) मोरङ–५ – योगी मण्डल
४) रौतहट–३ – प्रभु साह
५) रौतहट–२ – किरण साह

समानुपातिकतर्फको मतगणना भने जारी छ । मंगलबार सम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । समानुपातिकतर्फको मतमा नेकपा एमाले आगाडि रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमसः तेस्रो र चौथो स्थानमा रहेका छन् भने अन्य पार्टीहरु त्योभन्दा तल छन् । निर्वाचनमा भाग लिएका १० वटा दलले भने पाँच हजार मत पनि कटाएका छैनन् ।
निर्वाचनमा सत्ता गठबन्धन र विपक्षी गठबन्धन भएर प्रतिस्पर्धा गरेका थिए । सत्ता गठबन्धनको नेतृतव नेपाली कांग्रेसले गरेको थियो भने विपक्षी गठबन्धनको नेतृत्व नेकपा एमालेले गरेको थियो । यो निर्वाचनमा कुनै पनि दलले एकल सरकार बनाउने हैसियत बनाएका छैनन् । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस ठूलो दल भएकाले गठबन्धन सरकार बनाउने तयारीमा लागेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts