मेयरकप भलिबल प्रतियोगिताको पहिलो दिन सिदिङ्वा,फक्ताङ्लुङ र मेरिङदेनको बिजयी सुरुआत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको फुङलिङमा शनिवारबाट सुरु मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिनको खेलमार्फत सिदिङ्वा,फक्ताङ्लुङ र मेरिङदेन गाउँपालिकाले बिजयी सुरुआत गरेका छन् ।

गतबर्षको डिफेण्डिङ् च्याम्पियन सिदिङ्वाले फुङलिङ नगरपालिका, फक्ताङ्लुङले मैवाखोला गाउँपालिका र मेरिङ्देनले आठराइ त्रिबेणी गाउँपालिकालाई पराजित ग¥यो ।

सिदिङ्वाले शनिवारै मिक्वाखोलासंग दोस्रो खेल खेल्ने तालिका बनेपनि समय अभावका कारण यो खेल आइतवार बिहान सञ्चालन हुने रेफ्री संयोजक थर्ककुमार चोङ्वाङ(दिवस)ले जानकारी दिनुभयो । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर सञ्चालन हुने खेल ११ गते सकिने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts