|

फुटबलमा पुरुषतर्फ चाँगे र महिलातर्फ म्याङ्लुङलाई उपाधि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १ । महा शिवरात्री पर्वको अवसरमा ताप्लेजुङको मैवाखोला गाउँपालिकामा खेलाइएको फुटबल प्रतियोतिगामा पुरुषतर्फ स्थानीय माछापोखरी क्लब चाँगेले उपाधि जितेको छ । महिलातर्फको उपाधि भने म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुमले जितेको छ ।
प्रतियोगितामा साँगुरीगढी धनकुटालाई ३–० गोलअन्तरले पराजित गर्दै माछापोखरी क्लबले पुरुषतर्फको उपाधि जितेको हो । उपाधि जितसँगै माछापोखरीले दुई लाख रुपियाँ नगद पुरस्कारसहित छत्रमाया मेमोरियल पुरुष आमन्त्रित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको साँगुरीगढी धनकुटाले नगद एक लाख रुपियाँसहित कप, मेडल र प्रमाणपत्र पाएको छ ।
यस्तै महिलातर्फ मैवाखोला गाउँपालिका टोलीलाई ३–१ गोल अन्तरले हराउँदै विजेता बनेको म्याङ्लुङ स्पोर्टिङ क्लबले ६० हजार रुपियाँ नगद पुरस्कारका साथ हस्तमाया स्मृति रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मैवाखोलाले ३५ हजार रुपियाँ नगद तथा कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
जलजले क्लब मैवाखोलाले आयोजना गरेको फुटबल प्रतियोगितामा पुरुषतर्फ आठ टोलीले सहभागिता जनाएका थिए । त्यस्तै महिलातर्फ पाँच टोलीले नाम दर्ता गराए पनि दुई टोलीले मात्र सहभागिता जनाएका मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । यता प्रतियोगिताका विजेतालाई मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले पुरस्कार राशी र ट्रफी वितरण गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts