माओवादी केन्द्रले शंखरलाइ जिम्मेवारीबाट हटायो,मैवाखोला अध्यक्ष वनेमलाई कारबाहीको सिफारिस

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३१ । पार्टीले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीका लागि सिफारिस गरेको छ ।

माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले पार्टीका केन्द्रीयय अध्यक्षलाई पत्र लैख्दै प्रदेश समितिको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरी आवश्यक छानविन र कारवाहीको लागि सिफारिस गरेको हो । प्रदेश समितिले असार ३ गते सोधेको स्पष्टिकरणको जवाफ वनेमले असार ५ गते दिएकोमा चित्तबुझ्दो नभएको भन्दै आवश्यक कारबाहीका लागि सिफारिस गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ र सचिव गणेश उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । पालिका अध्यक्ष वनेमले गत वैशाख ३० गतेको निर्वाचनमा प्रयोग गर्न दिइएको उम्मेदवार मनोननयपत्रको दुरुपयोग गरी आफु प्रस्तावक रही फुङलिङ नगर कमिटीका अध्यक्ष गंगाराम शंकरलाई पार्टीको निर्णय विरुद्ध जिल्ला समन्वय समितिको प्रमुखमा उमेद्वारी दर्ता गराउँदा पार्टीलाई गम्भिर क्षति भएकाले कारवाहीका लागि सिफारिस गरिएको माओवादी केन्द्रको १ नम्बर प्रदेश समितिले जनाएको छ । यस्तै पार्टीका फुङलिङ नगर कमिटी अध्यक्ष तथा नगर कार्यपालिका सदस्य शंखरलाई प्रदेश समितिले अनिश्चित समय सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको छ ।

प्रदेश समितिले जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक र फुङलिङ नगर कमिटी ईन्चाज बमबहादुर भट्टराई(तारा)लाई पत्रमार्फत शंखरलाई निश्कासित गरेको जानकारी गराएको छ । माओवादी केन्द्रले गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुखको भाग पाएकोमा पार्टीको निर्णय विरुद्ध उम्मेदवारी दर्ता गराउँदा आफ्नो पार्टीको भागमा परेको जिसस प्रमुख नै गुमेको ठहर गर्दै पार्टीलाई गम्भिर क्षति पुगेको समेत पत्रमा उल्लेख गरेको छ । निर्णय विपरीत उम्मेदवारी दर्ता गराएपछि प्रदेश समितिले नै शंखरको उम्मेद्वारी रद्ध गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्राचार गरेको थियो । माओवादी केन्द्रमा विवाद भएपछि गठबन्धनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एकिकृत समाजवादी ताप्लेजुङका अध्यक्ष छिरिङ लामा प्रमुख र काँग्रेसका कृष्णप्रसाद लिङ्खिम उपप्रमुखको उम्मेदवार बन्नु भएको थियो । प्रमुख र उपप्रमुख मतदाता रहने ताप्लेजुङ जिससको निर्वाचनमा १८ मतदाता रहनु भएको थियो । ९ स्थानीय तह रहेको ताप्लेजुङमा एमाले र काँग्रेसले समान ६–६,माओवादी केन्द्रले ५ र नेकपा एसका १ मतदाता रहनु भएको थियो । जिससको निर्वाचनमा भने लामा १० मत सहित बिजयी हुनुभयो भने एमालेका घनेन्द्र मादेनले ८ मत ल्याउनु भएको थियो । उपप्रमुख लिङखिम लिम्बू भने निर्विरोध हुनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts