ताप्लेजुङमा प्रमुख पद जित्नेमा काँग्रेस र समग्रमा बढी पद जित्नेमा एमाले पहिलो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २४ । प्रमुख पदमा काँग्रेस भन्दा पछि परेर दोस्रो भएको एमालेले ताप्लेजुङका स्थानीय तहका कूल पदमा भने काँग्रेसलाइ पछि पारेको छ ।

कूल ३ सय २३ पदमध्ये एमाले पहिलो,काँग्रेस दोस्रो,मओवादी केन्द्र तेस्रो र स्वतन्त्र उम्मेदवार चौथो रुपमा रहँदा नेकपा एस पाँचौं र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छैटौं स्थानमा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार अनुसार ३ सय २३ पदमध्ये एमालेले १ सय ५१ पद जित्दा काँग्रेसले ९७ पद जितेको छ । माओवादी केन्द्रले ५० र स्वतन्त्र उम्मेदवार १५ स्थानमा बिजयी भएका छन् । नेकपा एसले ७ स्थानमा बिजयी हासिल गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३ पदमा बिजय हासिल गरेको छ । यो कार्यपालिका सदस्य निर्वाचन बाहेकको परिणाम हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा एमालेले २१,काँग्रेसले ५ र माओवादी केन्द्रले १ स्थान जितेको छ । फक्ताङलुङ गाउँपालिकामा एमाले र काँग्रेस समान १२–१२ स्थानमा बिजयी हुँदा माओवादी केन्द्र ८ र ५ जना स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । फुङलिङ नगरपालिकामा एमाले २४,काँग्रेस २२,मओवादी केन्द्र १० र नेकपा एसले १ स्थान जित्यो । मिक्वाखोला गाउँपालिकाका एमालेले ११,काँग्रेसले १० र माओवादी केन्द्र ६ स्थानमा बिजयी भए । मेरिङदेन गाउँपालिकामा एमालेले १७,काँग्रेसले १४ र नेकपा एसले १ स्थानमा जितेको छ । मैवाखोला गाउँपालिकामा काँग्रेस र माओवादी समान ११–११ स्थानमा बिजयी हुँदा एमाले र नेकपा एस समान ५–५ स्थानमा बिजयी भए ।

पाथीभरा याङ्वरक गाउँपालिकामा एमाले २५,काँग्रेस ४,स्वतन्त्र २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ स्थानमा बिजयी भयो । सिदिङ्वा गाउँपालिकामा एमाले २१,काँग्रेस ७,माओवादी केन्द्र १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २ र स्वतन्त्र ६ स्थानमा बिजयी भए । सिरिजङ्गा गाउँपालिकामा एमाले १५,काँग्रेस १२,माओवादी केन्द्र १३ र २ जना स्वतन्त्र उम्मेदवार बिजयी भए । समग्रमा हेर्दा काँग्रेसले ४ प्रमुख,२ उपप्रमुख,१५ वडाअध्यक्ष र ७६ जना सदस्य जितेको छ । एमालेले ३ प्रमुख,३ उपप्रमुख,२९ वडाध्यक्ष र १ सय १६ जना सदस्य जितेको छ । माओवादी केन्द्रले २ प्रमुख,३ उपप्रमुख,१० वडाध्यक्ष र ३५ जना सदस्य जितेको छ । स्वतन्त्रले ४ वडाध्यक्ष र ११ जना सदस्य पद जितेका छन् । नेकपा एसले २ वडाध्यक्ष र ५ सदस्य पद जितेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ वडाध्यक्ष र २ जना सदस्य जितेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts