|

स्रोत नेतृत्व समूहको अनुभव र योजना निर्माण सम्वन्धी कार्यशाला फुङ्लिङमा सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत १० । प्रभावकारी शिक्षण सिकाइका लागि स्रोत नेतृत्व समूहको अनुभव आदान–प्रदान तथा योजना निर्माण सम्वन्धी दुईदिने कार्यशाला ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको छ ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले आफ्नो कार्यक्षेत्र क्रमशःफक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिकाका स्रोत शिक्षकहरुको सहभागितामा कार्यशाला सञ्चालन गरेको हो । कार्यशालाको सुभारम्भ गर्दै शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले प्रभावकारी शिक्षण सिकाइका लागि कसरी नेतृत्व दिने र व्यवस्थापन गर्ने भन्ने बिषय महत्वपूर्ण हुने बताउनुभयो । ‘सारमा यो कार्यशाला त्यहिँ बिषयमा केन्द्रित हुने छ’उहाँले भन्नुभयो । भट्टराईले कोरोना लगायतका अन्य यस्तै महामारीका बेला पनि निरन्तर सिकाइलाइ अघि बढाउन सम्वन्धित पालिका,बिद्यार्थी,अभिभावक,शिक्षक,बिद्यालय र अन्य सरोकारवालाको भूमिका देखिने गरी योजना बनेमा त्यसले संक्रमणकालिन अवस्थामा समेत शिक्षण सिकाइमा निरन्तरता प्रदान गर्ने बिश्वास लिनुभयो ।

रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तका अनुसार दुईदिने कार्यशालाका क्रममा प्रभावकारी शिक्षण सिकाइका तौढतरिका बारे एकआपासमा अनुभाव आदान–प्रदान हुने छ । यस्तै प्रभावकारी शिक्षण सिकाइका लागि चाहिने कौशलता,अनुगमन र मूल्याङ्कनका तरिका र आगामी दिनमा स्रोत नेतृत्वको आफ्नै अगुवाइमा प्रभावकारी शिक्षण सिकाइ व्यवस्थापनलाइ कसरी अघि बढाउने भन्ने बिषयमा कार्यशाला केन्द्रित हुने उहाँले बताउनुभयो । रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूका अनुसार कार्यशालाका क्रममा एक बिद्यालय अर्को बिद्यालय बीच भएका उदाहरणीय कार्यको समिक्षा र आफ्नै अगुवाइमा निरन्तर र प्रभावकारी शिक्षण सिकाइ व्यवस्थापनका लागि काम गर्न सक्ने योजना र संयन्त्र निर्माण समेत हुने छ ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतम,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । सन् २००६ बाट ताप्लेजुङको शैक्षिक उन्नयनमा काम गर्दै आइरहेको रिड नेपालले फक्ताङ्लुङ गाउँपालिकाका इखाबु,लेलेप,तापेथोक र ओलाङ्चुङगोला तथा सिरिजङ्गा गाउँपालिकाका याम्फुदिन,खेवाङ र मामाङ्खेलाइ कार्य क्षेत्र बनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts