आव २०८३।८४ मा कोशी प्रदेशबाट सवारी कर बाँडफाँड वापत प्राप्त हुँदैछ यस्तो रकम ?

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १३ । कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक बर्ष २०८३।८४ मा ताप्लेजुङका स्थानीय तहलाई सवारी कर बाँडफाँड वापत प्रदान हुने अनुमानित सीमा पठाएको छ ।

मन्त्रालयका अनुसार सवारी कर बाँडफाँडवापत फुङलिङ नगरपालिकाले सबैभन्दा बढी १ करोड १७ लाख ६० हजार ४७५ रुपैयाँ पाउने गरी अनुमानित सीमा निर्धारण भएको छ । जिल्लामा सबैभन्दा कम आठराई त्रिबेणी गाउँपालिकाले ५२ लाख ३९ हजार ६३४ रुपैयाँ प्राप्त गर्दा फक्ताङलुङ गाउँपालिकाले १ करोड ११ लाख ८४ हजार १८८ रुपैयाँको अनुमानित सीमा पाएको छ । मैवाखोला गाउँपालिकाले ५३ लाख ४६ हजार ३४४ रुपैयाँको अनुमानित सीमा पाउँदा पाथीभरा याङवरक गाउँपालिकाले ५६ लाख ८८ हजार ३८३ रुपैयाँको अनुमानित सीमा पाएको छ ।

सिदिङ्वा गाउँपालिकाले ६१ लाख ९३ हजार ८९५ रुपैयाँ,मेरिङदेन गाउँपालिकाले ६५ लाख ८ हजार ८८३ रुपैयाँ,मिक्वाखोला गाउँपालिकाले ७४ लाख २७ हजार ६७५ रुपैयाँ र सिरिजङ्गा गाउँपालिकाले ८४ लाख ५६ हजार ५४० रुपैयाँको अनुमानित सीमा पाएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ६(क)तथा कोशी प्रदे वित्त व्यवस्थापन ऐन २०७५ को दफा(३)मा भएको व्यवस्था बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको २०८३।१।३ को पत्रानुसार सवारी कर बाँडफाँड वापत प्रदान हुने अनुमानित सीमा पठाईएको कोशी सरकारले जनाएको छ ।

Similar Posts