सभापतिमा कसैको बहुमत आएन, दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी

अरुलाई पनि शेयर गरौ !

काठमाडौं,मंसिर २८ । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन मंगलबार नै गर्ने तयारी गरेको छ । मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवार बहुमत प्राप्त गर्न सकेनन् । कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सक्नु भएन । डा. शेखर कोइरालाले दोस्रो मत प्राप्त गर्नु भएको छ । पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ । ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ । राष्ट्रिय सभागृहमा मतगणना भएको थियो । नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन् । सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिनु भएको छ । पहिलो चरणमै सभापति जित्नका लागि २ हजार ३ सय ४० मत आवश्यक थियो । देउवाले ८२ मत कम ल्याउनु भयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts