| | |

माओवादीद्वारा ताप्लेजुङका ४४ वडामा वडा सम्मलेन सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ४ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङले जिल्लाका ४४ वटा वडामा वडा सम्मेलन सम्पन्न गरेको छ । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उक्त सङ्ख्यामा माओवादी केन्द्रले शनिबार वडा सम्मेलन सम्पन्न गरेको हो ।
बाँकी रहेको १७ वटामा मंगलबार सम्ममा वडा सम्मेलन सम्पन्न गर्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिनुभयो । आवश्यक तयारी पूरा भई नसकेकाले उक्त वडाहरुको सम्मेलन बाँकी रहेको बुढाक्षेत्रीले बताउनुभयो ।
यता वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ । वडा सम्मेलन मेरिङ्देन गाउँपालिकाका छ वटै वडा र सिदिङ्वा गाउँपालिकाको सातमध्ये तीनवटा वडा, फुङ्लिङ नगरपालिका, सिरिजङघा लगायत गाउँपालिकाको केही वडामा सम्मेलन बाँकी रहेको जनाइएको छ ।
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शनिबार एकैदिन देशभरका छ हजार ७४३ वटै वडामा वडा सम्मेलन गरेको हो । पार्टीको कार्यतालिकाअनुसार नै ताप्लेजुङका वडाहरुमा सम्मेलन सम्पन्न गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विजयप्रकाश वनेमले जानकारी दिनुभयो । तयारी अपुग भएका कारण शनिबार सम्मेलन हुन नसकेका वडाहरुमा चाँडै सम्पन्न गरेर तोकिएको समयभित्रै पालिका र जिल्लाको सम्मेलन सम्पन्न गर्ने वनेमले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts