| | |

मुख्यमन्त्री राईको पक्षमा ५० मत, विपक्षमा २९ मात्रै

अरुलाई पनि शेयर गरौ !

विराटनगर, मंसिर १ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत छ भने राख्नुभएको प्रस्तावको पक्षमा ५० मत रहेको छ भनि विपक्षमा २९ मत मात्रै परेको छ ।
प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएको हो । सभामुख भण्डारीका अनुसार प्रदेशसभाको बैठकमा ७९ जना सदस्य उपथित थिए। प्रदेश सभामा कायम रहेको ९२ जना प्रदेशसभा सदस्यमध्ये सभामुखबाहेक ७९ जनाको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५० मत प्राप्त भएको हो । त्यसैगरी प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा २९ मत प्राप्त भएको थियो । मत दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको पनि सभामुख भण्डारीले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts