| |

ताप्लेजुङका सात स्थानीय तहमा एमालेको नेतृत्व चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ११ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ताप्लेजुङका नौमध्ये सात वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा अन्तिममा आएर सहमति जुटेसँगै अधिवेशन सम्पन्न भएका सात तहमा नयाँ नेतृत्व चयन भएको हो ।
बुधबार मध्यराराति सहमति भएअनुसार एमाले फुङ्लिङ नगरपालिकामा भरत गुरुङको अध्यक्षतामा सर्वसम्मत नगर समिति चयन भएको छ । अध्यक्षको आकांक्षीमा जिल्ला समन्वय समिति प्रमुखसमेत रहनुभएका घनेन्द्र मादेन र हेमन्त उप्रेती हुनुहुन्थ्यो । सबै पदाधिकारीमा एकभन्दा बढी आकांक्षी रहनुभएकोमा सहमति भएअनुसार नगर समिति सचिवमा राजेश प्याकुरेल चयन हुनुभएको छ ।
यस्तै बुधबार अबेरसम्म पनि सहमति नजुटेपछि मैवाखोला गाउँपालिकामा भने निर्वाचनमार्फत लालकाजी वनेम अध्यक्षमा चयन हुनुभएको छ । मैवाखाला गाउँपालिका कमिटीको सचिवमा रुपेन्द्र वनेम निर्वाचित हुनुभएको छ । त्यस्तै बुधबार साँझ सम्पन्न भएको मिक्वाखोला गाउँपालिकाको अधिवेशनबाट दिवस लिबाङ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । त्यहाँ सचिवमा लक्ष्मी थलङ चयन हुनुभएको छ ।
यता अधिवेशन शुरु भएको पहिलो दिन नै चारवटा स्थानीय तहमा भने सर्वसम्मत नेतृत्व चयन भएका थिए । जसअनुसार सिरिजङ्घा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष र पूर्ण डाँगी सचिव, पाथीभरा याङ्वरक गाउँपालिकामा वीरेन्द्र मेन्याङ्बो अध्यक्ष र लोकनाथ खतिवडा सचिवमा चयन हुनुभएको छ । त्यस्तै आठराई त्रिबेणी गाउँपालिकामा भने अध्यक्षमा सूर्यमान यक्सो, सचिवमा मदन सेन्दाङ र फक्ताङ्लुङ गाउँपालिकामा सरोज एभेङ अध्यक्ष र वीरेन्द्र दाहाल सचिवमा चयन हुनुभएको छ ।
जिल्लाको मेरिङ्देन र सिदिङ्वा गाउँपालिकामा भने अधिवेशन स्थगित भएको छ । उक्त पालिकाहरुमा आवश्यक तयारी पूरा भई नसकेकाले अधिवेशन स्थगित भएको नेकपा एमाले ताप्लेजुङले जनाएको छ । अधिवेशन स्थगित भएको मेरिङ्देन गाउँपालिकामा भने एमालेका धेरै पूर्व पदाधिकारी तथा सक्रिय कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकाले पनि समयमै अधिवेशनको तयारी पूरा नभएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts