| |

जिप दुर्घटना हुँदा १८ जना घाइते, नौ जना गम्भीर

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २८ ।
ताप्लेजुङमा दशैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा अठार जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् ।
सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप दिउँसो १२ बजेतिर ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिकासमेत रहेका छन् ।
हाल सबै घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Similar Posts