| |

ताप्लेजुङका सबै तहमा काँग्रेसको नेतृत्व चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ११ ।
केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेस पार्टीले ताप्लेजुङका नौ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सुरु भएको पालिकास्तरीय अधिवेशनमार्फत काँग्रेसले स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिकांस स्थानीय तहमा सर्वसम्मत र केहीमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेको काँग्रेसले जनाएको छ । काँग्रेस पार्टी स्रोतका अनुसार सर्वसम्मत र निर्वाचन भएका केही स्थानीय तहमासमेत शनिबार नै नयाँ नेतृत्व चयन भएका छन् भने दुईवटा स्थानीय तहमा आइतबार बेलुका सम्ममा मात्र नेतृत्य चयन गरिएका छन् ।
शनिबार नै सबै स्थानीय तहमा अधिवेशन सुरु भए पनि सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा निर्वाचन प्रक्रिया लम्बिएकाले नतिजा आउनलाई केही ढिलाइ भएको हो । सबैभन्दा ढिलागरी नतिजा आएको फुङ्लिङ नगरपालिकामा सुरेश सिङ्घक लिम्बू सभापतिमा निर्वाचिन हुनुभएको छ । आफ्ना प्रतिद्वन्द्वी उम्मेदवार युवराज बराललाई पराजित गर्दै लिम्बू सभापतिमा निर्वाचित हुनुभएको हो ।
यस्तै सिदिङ्वा गाउँपालिकामा प्रदीप राई सभापतिमा निर्वाचित हुनुभएको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । बाँकी सातवटा स्थानीय तहमध्ये मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का, मिक्वाखोलामा पञ्चकुमार थलङ र सिरिजङ्घा गाउँपालिकामा लालकृष्ण चौहान निर्वाचन प्रत्रियामार्फत नै शनिबार नै नेतृत्वमा चयन हुनुभएको छ । आठराई त्रिबेणी गाउँपालिकामा विश्वनाथ सिटौला, मैवाखोला गाउँपालिका खगेन्द्र थक्लुङ, फक्ताङ्लुङ गाउँपालिकामा भद्रकुमार बोखिम र पाथीभरा याङ्वरक गाउँपालिमा राम थेबे सर्वसम्मत सभापतिमा चुनिनुभएको छ ।
यता नौ स्थानीय तहमध्ये छ वटामा संस्थापन पक्षबाट र तीन वटामा इतर पक्षका नेतृत्वमा आएको बताइएको छ । स्रोतका अनुसार फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा संस्थापन इतर अर्थात काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार नेतृत्वमा चयन हुनुभएको छ भने बाँकी छ वटा स्थानीय तहमा संस्थापन पक्षका उम्मेदवारहरु नेतृत्वमा चयन हुनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts