स्थानीय तहहरुले जिल्ला समिक्षा बैठकलाइ महत्व दिएनन् ः जिसस प्रमुख मादेन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १७ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले स्थानीय तहहरुले जिल्ला समिक्षा बैठकलाइ महत्व नदिएको भन्दै दुखेसो पोख्नु भएको छ । उहाँले‘आ…. त्यहाँ जार्नै पर्दैन भन्ने मनशायले स्थानीय तहहरुले जिल्ला समिक्षा बैठकको महत्व घटाएको भन्दै रोष प्रकट गर्नुभयो । जिल्ला समन्वय समिति ताप्लेजुङले बिहीबारबाट सुरु गरेको आर्थिक बर्ष २०७७।०७८ को बार्षिक समिक्षा कार्यक्रममा अधिकाँस स्थानीय तहका प्रमुख÷अध्यक्ष÷उपाध्यक्षको अनुपस्थिति देखेपछि समन्वय प्रमुख मादेनले बार्षिक समिक्षा बैठकको महत्वलाइ कम नआँक्न स्थानीय तहहरुलाइ आग्रह गर्नु भएको छ ।‘यो समिक्षा गर्ने साझा मञ्च भएकोले यहिँ मञ्चबाट हामीले गतबर्षका कार्यक्रम र गतिविधिको समिक्षा र आगामी बर्षको कार्यक्रमका लागि मार्गदर्शन प्राप्त गर्ने छौं’समन्वय समिति प्रमुख मादेनले भन्नुभयो । उहाँले नेपाली काँग्रेसको जिल्ला अधिबेशनका कार्यक्रमका कारण पनि केहि पालिकाका पदाधिकारी उपस्थित हुन कठिनाइ भएको भएपनि उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत सहितको टोली आउन सक्ने अवस्था रहने बताउनुभयो । ‘केहि कमजोरी हाम्रो पनि भयो,तर अधिबेशनको मितिमा भइरहने फेरबदलका कारण पनि यस्तो समस्या परेको हुनसक्छ’कार्यक्रम तय गर्दाको समस्या बारे उहाँले क्षमायाचना समेत गर्नुभयो । ताप्लेजुङमा भदौ १८ गते नेपाली काँग्रेसको वडागत अधिबेशन हुँदै छ । यहाँका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकाकामा अध्यक्ष र उपाध्यक्ष क्रमशःटीकाराम गुरुङ र ज्ञानमाया चौहान,सिदिङ्वाको अध्यक्षमा नरबहादुर कडरिया,आठराइ त्रिबेणी अध्यक्षमा बिश्वनाथ सिटौला र मेरिङ्देन गाउँपालिकामा अध्यक्षमा गणेशबहादुर लिम्बू,नेपाली र मिक्वाखोला गाउँपालिकाको उपाध्यक्ष रुद्रकुमारी साँवा नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको हो । बार्षिक समिक्षा बैठकको पहिलो दिन नेकपा एमालेबाट निर्वाचित सबै प्रमुख÷अध्यक्ष÷उपाध्यक्ष समेत बैठकमा देखिनु भएन । अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको पाथीभरा याङ्वरक,फक्ताङ्लुङ र मैवाखोला गाउँपालिका मध्ये पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा,उपाध्यक्ष उपाध्यक्ष रनमाया गुरुङ,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई र आठराइ त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु पौडेल भट्टराई मात्र सहभागी हुनु भएको जिल्ला समन्वय समितिले जनाएको छ । पाथीभरा याङ्वरक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी आफैं उपस्थित हुनु भएको छ भने अरु पालिकाले प्रतिनिधि पठाएका छन् ।
समिक्षा बैठकमा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ,उपाध्यक्ष फुलमाया लिम्बू,मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ र उपाध्यक्ष कौशिला थत्लुङ,मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार सुब्बा र मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे पनि बिहीबारको बैठकमा सहभागी नहुनु भएको जिससले जनाएको छ । फुङ्लिङ नगर उपप्रमुख भट्टराई समिक्षा बैठकमा सहभागी हुुनु भयो भने सिदिङ्वा गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङ बार्षिक समिक्षा बैठकको पहिलो दिन देखिनु भएन । भट्टराई र ताम्लिङ माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको हो । ताप्लेजुङमा बुधवारबाट अबिरल बर्षा भइरहेको र कच्ची सडक आवागमनमा भइरहेकोे कठिनाइका कारण पनि समिक्षा बैठकमा सहभागीहरु अपेक्षाकृत उपस्थित हुन कठिनाइ भएको बताइन्छ ।
जनताको जीवनस्तर उठाउन कुनै सम्झौता हुदैन
प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले सरकार परिवर्तन संसदीय प्रणालीमा सामान्य कुरा भएको बताउँदै जनताको जीवनस्तर उठाउनमा भने कुनै सम्झौता नहुने बताउनु भएको छ । जिल्ला समन्वय समितिले आयोजना गरेको बार्षिक समिक्षा बैठकलाइ प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै उहाँले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीको संरक्षण गर्ने देश नेपाल भनेर आउने गरेका प्रतिबेदन सरमाउँदो रहेको बताउनुभयो ।‘अहिले अधिकाँस मान्छेको मानसिकतामा कर्मचारी र जनप्रतिनिधिले आर्थिक अनुशासन कायम राख्न नसकेको आरोप लाग्ने गरेको छ’उहाँले भन्नुभयो‘यो आरोप हामीले आर्थिक अनुशासन,मितव्ययिता र सदाचारपूर्ण कामबाट खण्डन गर्नुपर्छ’ । उहाँले बार्षिक समिक्षाले विगतका समस्या समाधान र आगामी यात्राको मार्गनिर्देश गर्ने भएकोले सकारात्मक कार्यको रुपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य होमकुमारी साँवा,पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे लगायतले समिक्षा बैठक सफलताको शुभकामना दिनु भएको थियो । जिल्ला समन्वय अधिकारी आत्मराम सत्यालका अनुसार बार्षिक समिक्षा बैठक शुक्रवार सम्म चल्ने छ । शुक्रवार पूर्व पर्यटनमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको प्रमुख आथित्यताका कार्यक्रम हुने जिल्ला समन्वय समितिले जनाएको छ ।