प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य ः सामाजिक विकास मन्त्री साम्सोहाङ

ताप्लेजुङ,भदौ १७ । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताउनु भएको छ । प्रदेशभरीका सबै अस्पतालमा न्यूनतम् सुबिधा पु¥याउने लक्ष्य र यसका लागि कार्यभार लिएकै दिनबाट ध्यान केन्द्रित गरेको उहाँले सुनाउनुभयो । प्रदेश मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुग्नु भएका साम्सोहाङलाइ ताप्लेजुङ अस्पताल विकास समितिले स्वागत गर्न आयोजित कार्यक्रममा साम्सोहाङले कम्तिमा दुर्गम र विकट जिल्लाका अस्पताललाइ १–१ थान एम्बुलेन्स र शवबाहनको उपलब्धता चाँडै हुने बताउनुभयो । मन्त्री साम्सोहाङले कार्यभार लिएको पहिलो दिनमा प्रदेशभरीका दुर्गम र विकट जिल्लाका अस्पताललाइ १–१ थान एम्बुलेन्स र शवबाहनको व्यवस्था चाँडै गर्ने निर्णय गरेको जानकारी गराएउनुभयो ।‘ताप्लेजुङबाट सरकारमा सामेल भएका मन्त्रीहरुको कार्यकाल धेरै लामो जान सकेको छैन’उहाँले आफ्नो कार्यकाल माथि पनि संशय जनाउनु भयो । स्वागत गर्न आयोजित कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अनिता वाइवा,स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेल,जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका निमित्त प्रमुख टेकनाथ अर्याल,ताप्लेजुङ अस्पतालका नर्सिङ निरीक्षक बिजया राइ,अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रेशा लिम्बू,ल्याव टेक्निसियन दीपेन्द्र पौडेल र स्वास्थ्यकर्मी मनकुमारी कार्कीले मानव शंसाधन,पूर्वाधार,सेवा सुबिधा र बीमा बापतको रकम प्राप्ति सहितका बिषयमा मन्त्री साम्सोहाङलाइ अवगत गराउनु भएको थियो । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले सामाजिक विकास मन्त्री साम्सोहाङलाइ स्वागत गर्दै अस्पतालको स्तरोन्ती,भौतिक पूर्वाधार व्यवस्थापन सहितका बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रदेश सांसद होमकुमारी साँवा लगायतको उपस्थिति रहेको थियो ।