ब्यानर न्युज | शिक्षा | समाचार
कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट

काठमाडौं, भदौ १६ । कोभिड १९ का कारण यसअघि स्थगित कक्षा १२ को परीक्षा आउँदो भदौ ३० गतेबाट पुनः सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।
बोर्डका अनुसार परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ । यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तालिका तय गरिएको थियो । त्यसबेला कोरोना भाइरस संक्रमण नियन्त्रणमा आउनुको सट्टा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा परीक्षा स्थगित गरिएको थियो ।