आउँदो आवमा ताप्लेजुङबाट करिव अठारसय बढी घरको फुसको छानो बिस्थापन गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २६ । आउँदो आर्थिक बर्ष २०७७।०७८ मा ताप्लेजुङका ९ स्थानीय तहका १ हजार ८१४ घर फुसको छानो बिस्थापन भई जस्तापाताले भरिने भएका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत फुङ्लिङ नगरपालिका र ८ वडा गाउँपालिकाका उल्लेखित घरको फुसको छाना बिस्थापन गरी जस्तापाता लगाउन सरकारले सहयोग गर्ने भएको छ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद संस्कृति,पर्यटन तथाद नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँईका अनुसार नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्ने कार्यक्रम अन्र्तगत सरकारले आगामी आवको बजेटमार्फत यो कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । गुरागाँईका अनुसार सबैभन्दा बढी सिरिजङ्घा गाउँपालिकाको २ सय ९० वटा घरको फुसको छानो बिस्थापन गरिने छ । यसपछि फक्ताङ्लुङ गाउँपालिकाका २ सय ४५,पाथीभरा याङ्वरक गाउँपालिकाको २ सय ३०,आठराई त्रिबेणी गाउँपालिकाको २ सय १३ र मैवाखोला गाउँपालिकाको २ सय ४ वटा फुसको घरक छानो बिस्थापन गरी जस्तापाता लगाईने छ । यस्तै फुङ्लिङ नगरपालिकाका १ सय ९०,मेरिङ्देन गाउँपालिकाको १ सय ८८,सिदिङ्वा गाउँपालिकाको १ सय ६७ र मिक्वाखोला गाउँपालिकाको १ सय ४७ वटा घरको फुसको छानो बिस्थापन गरी जस्तापाताले छाउन सरकारले सहयोग गर्ने भएको छ । चालू आर्थिक बर्षमा मैवाखोला र पाथीभरा याङ्वरक गाउँपालिकाका ३०–३० गरी ६० घरधुरीका फुसका छाना बिस्थापन गरी जस्तापाता लगाउन सरकारले सहयोग गरेको थियो । स्थानीय तहले गरिवी र निम्न वर्गीय परिवारलाई प्राथमिकताका आधारमा छनौट गरी सुरक्षित नागरिक आवास कार्यक्रमका लागि फुसको छाना बिस्थापन गरी जस्तापाता लगाउन योग्य घरधुरीको छनौट गर्ने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts