|

डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेष्टरको नतिजामा सिरिजंगाको सिनाम अब्बल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ३ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका स्थित सिनाम बहुमुखी क्याम्पस÷सिनाम नमूना माध्यमिक बिद्यालयको डिप्लोमा इन सिभिल इञ्जिनियरिङको पहिलो सेमेष्टरको नतिजा औसत राष्ट्रिय दरभन्दा करिव ६० प्रतिशत बढी ल्याएको छ । देशको औसत उत्र्तीण दर २४ प्रतिशत रहेकोमा सिनाम बहुमुखी क्याम्पसको नतिजा भने ८४.६२ प्रतिशत रहेको क्याम्पस प्रमुख महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो । नेपाल शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष समेत रहनु भएका उहाँ क्याम्पस प्रमुख र सिनाम नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक समेत रहनु भएको छ । उहाँका अनुसार १६ जना विद्यार्थीले सिभिल ईन्जिनियरिङको प्रथम सेमेष्टरको परीक्षा लेखेकोमा १४ जनाले राम्रो नतिजा ल्याएका छन् । गौतमले अबको लक्ष्य शत प्रतिशत नतिजा ल्याउनु रहेको बताउनुभयो । सिनाम बहुमुखी क्याम्पस÷सिनाम नमूना माध्यमिक बिद्यालयमा जिल्लामै पहिलोपटक सिभिल ईन्जिनियरिङको ३ बर्षे कोर्ष र आईएसीएजीमा ३ बर्षे कोर्ष सञ्चालनमा रहेको छ । त्यहाँ १८ महिने जेटिएको पनि पठाइ भइरहेको छ । सो क्याम्पसका विज्ञान,व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुने गर्छ । क्याम्पस तथा विद्यालयका सबै तहमा गरी २ हजार बढी विद्यार्थीले अध्ययन गरिरहेको गौतमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts