|

सगरमाथा आरोही भट्टराईलाई गृह जिल्लामा सम्मान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २९ । दुई–दुई पटक सम्म विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति ताप्लेजुङ र नेपाल नेत्रज्योति संघले भट्टराईलाई सम्मान गरेको हो । पर्यटन व्यवसायी समेत रहनु भएका भट्टराईले सन् २००५ को जुन ४ तारेखका दिन पहिलो पटक र सन् २००८ को अप्रिल २३ तारेखका दिन दोस्रो पटक सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । भट्टराई ब्राह्मण समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्तिको रुपमा कहलिनु भएको छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,उपप्रमुख कृष्णप्रसाद लिङखिम,निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेल तथा जिल्ला समन्वय समितिका सदस्यहरुले भट्टराईलाई सम्मानपत्र हस्तान्तरण गर्नु भएको छ ।

उता,नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा संघद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले पनि भट्टराईको साहसको कदर गर्दै सम्मान पत्र हस्तान्तरण गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । भट्टराईले सगरमाथाका अलवा ८ हजार २ सय १ मिटर उचाईको चोयू र ६ हजार ४ सय ७० मिटर उचाइको मेरा पिक हिमालको समेत सफल आरोहण गर्नु भएको थियो ।

भट्टराईले पहिलो पटक कम उमेरमा सगरमाथा आरोहण गर्ने बेलायती नागरिकको कामदारका रुपमा उत्तरी मोहडाबाट सगरमाथाको आरोहण गर्नु भएको थियो । दोस्रो पटक भने उहाँले दुई ब्राजिलियन आरोहीहरुको सहयोगीकै रुपमा दक्षिणी मोहडाबाट सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । ताप्लेजुङमै छंदा २०५१ सालतिर सोलुखुम्बुका एक शेर्पा साथीसंगको चिनजान पछि २०५१ सालदेखि उहाँ ट्रेकिङतर्फ होमिनु भएको थियो ।

सुरुमा बिदेशीको भरिया सहयोगी बनेर हिमालतर्फ लाग्नु भएका भट्टराईले केहि समय बिदेशी आरोहीको ‘कुक’को रुपमा समेत काम गर्नु भएको थियो । पछि भने उहाँले आफैं सगरमाथाको सफल आरोहण समेत गरेर नाम कमाउनुभयो । हिमाल चढ्दा चढ्दै उहाँले आरोहण कम्पनी हिमालय एस्कासिटी समेत स्थापना गरेर सञ्चालन गरिरहनु भएको छ । उहाँ काठमाडौंमा होटल व्यवसाय समेत सञ्चालन गर्नुहुन्छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts