कञ्चनजंघा बोर्डिङबाट २०६१ सालमा एसएलसी उर्तीण बिद्यार्थीले गरे ताप्लेजुङ अस्पताललाइ ४ लाख ७० हजार बराबरको सहयोग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, जेठ १७ । ‘हातको मैला सुनको थैला के गर्नु धनले,साग र सिस्नो खाएको बेश आनन्द मनले’महाकवी लक्ष्मीप्रसाद देवकोटाको यो सृजनाले मन र धन बीचको फरक स्पष्ट पारेको छ । देवकोटाको सृजनाको त्यहिँ भावलाइ कामले पुष्टी गर्दै ताप्लेजुङको फुङलिङस्थित कञ्चनजंघा बोर्डिङ स्कुलमा अध्ययन गर्ने २०६१ सालमा एसएसलसी उत्र्तीण बिद्यार्थीको समूह मिलेर ताप्लेजुङ अस्पताललाइ ४ लाख ७० हजार बराबरको सहयोग गरेका छन् । एसएलसीको २०६१ सालको ब्याचका बिद्यार्थी मिलेर ताप्लेजुङ जिल्ला अस्पताललाइ ४ लाख ७० हजार बराबरको सहयोग गरेका हुन् । सहयोग गर्ने मध्येका एक एनएमबी बैंक ताप्लेजुङका शाखा प्रवन्धक अनिल श्रेष्ठका अनुुसार २ लाख ५० हजार मूल्य बराबरको ५ लिटर क्षमताको २ थान अक्सिजन कन्सन्ट्रेटर,भ्याट सहित १५ हजार मूल्य बराबरको ५ थान पल्स अक्सिमिटर सहितका सामग्री हस्तान्तरण गरिएको छ । यस्तै ताप्लेजुङ जिल्ला अस्पतालको कोरोना उपचार कक्षमा रही कोभिड बिरुद्धको उपचार गराइ रहेका दिनको ३ पटक सम्म पौष्टक आहार तथा कोभिडका बिरामीको उपचारमा खटिएका ४ जना स्वास्थ्यकर्मीलाइ खाना सहितको बढीमा एक महिनाको व्यवस्थापन गर्न जिल्ला अस्पतालको क्यान्टिन सञ्चालकसंगको सम्झौता अनुसार २ लाख रुपैंया र ५ हजार रुपैंया बराबरको १ थान स्पिकर र मेमोरीकार्ड गरी कूल ४ लाख ७० हजार मूल्य बराबरको सामान ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाइ हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री र कोभिडको उपचार गराइ रहेका बिरामी तथा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाइ खाना तथा पौष्टिक आहार बापतको रकम व्यवस्थापनका लागि प्रवन्धक श्रेष्ठ सहित फुङ्लिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष जीतेन लिम्बू,कञ्चनजंघा निर्माण सेवाका प्रोपाइटर बिनोद भारती,सिटिजन लाइफ इन्स्योरेन्सका ताप्लेजुङका शाखा प्रवन्धक सन्तोष भट्टराईको पहलमा कञ्चनजंघा बोर्डिङ स्कुलमा अध्ययन गर्ने २०६१ सालमा एसएसलसी उत्र्तीण बिद्यार्थीको सहयोग रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts